बाढीपीडितलाई ५० हजार राहत दिने
काठमाडौं । अविरल बर्षाका कारण आएको बाढीले विराटनगर महानगरपालिकाभित्र तीनजनाको मृत्यु भएको छ ।
महानगरपालिकाका प्रमुख भीम पराजुलीले आज यहाँ बसेको महानगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठकमा उक्त जानकारी दिँदै मृतकका परिवारलाई तत्काल राहत स्वरुप रु ५० हजार उपलव्ध गराउने निर्णय गरिएको बताए ।
उनले बाढी र डुबानबाट विस्थापित परिवारलाई खाना खुवाउनुका साथै यसबाट भएको क्षतिको विवरण महानगरले सङ्कलन गरिरहेको जानकारी दिए। बाढीका कारण प्रभावित भएका कृषक र व्यवसायीलाई तत्काल राहत उपलब्ध गराउन प्रदेश र सङ्घीय सरकार समक्ष माग गरिने प्रमुख पराजुलीले बताए ।
वर्षाका कारण विराटनगरका अधिकांश वडा डुबानमा परेको महानगरपालिकाका राजेन्द्र प्रधानले जानकारी दिए । प्रारम्भिक तथ्याङ्कअनुसार हालसम्म दुई हजार ६९० घर परिवार बाढी र डुवानबाट प्रभावित भएको उनले बताउए । विराटनगर–१ मा सबैभन्दा बढी ६०० घर परिवार डुबानमा परेका छन् ।
Facebook Comment