गजल : भाग्यले तिम्रो हुन दिएन

डिसी नेपाल
६ कार्तिक २०७८ ६:५४

जहिले तिम्रो एक अंगालो मात्र पर्खिरहन्छ यो मनले ।
बिर्सनु पर्ने थियो तिमीलाई तर, सम्झिरहन्छ यो मनले ।।

धेरै पल्ट धोका पाएको हो र मात्र सुन्न सकेको छैन ।
तिमी गएसी बाँच्ने कसका लागि भनिरहन्छ यो मनले ।।

तिमीलाई खुसी भएर बाँच्ने रहरले मबाट टाढा बनायो ।
अझै नि तिमीलाई पाउने सपना साँचिरहन्छ यो मनले ।।

एकपल्ट फेरि फर्केर, फर्किनेवाला छैनौ सम्झाएर जाउ न ।
नत्र भने तिमी फर्केर आउने आस पालिरहन्छ यो मनले ।।

भाग्यले तिम्रो हुन दिएन, तिमीलाई बिर्सन सकेको छैन ।
तिमीसँगै बिताएका पलको सम्झना बाँडिरहन्छ यो मनले ।।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *