त्यो ‘मनतस्कर’ को विमान
जब ती पैदलयात्रीहरु विश्राम लिइरहेका थिए तब आकाशमा वेल फुलिरहेको थियो। अनि सगैका फाँटहरूमा मार्सीधान झुलिरहेको थियो। त्यो बाह्र महिनाको बोजलाई मिटाउन बाह्र दिनको पैदलयात्रा त्यसमध्यमा पनि त्यो नेपथ्यमा देखिएको हिमालको मनमोहक दृष्यले उनीहरूलाई नयाँपनको महसुस भइरहेको छ। यात्रामा मलगायत दश जना साथीहरु सहभागी थियौ।
फरक फरक विधाका साथीहरु क्रान्तिदेखि शान्तिसम्मका भएकोले त्यहाँ नयाँ नयाँ कुराको ज्ञान प्राप्त गर्नु कुनै नौलो कुरा थिएन। तर यात्रामा ज्ञानले भन्दा विज्ञानले धेरै कुराहरु सिकाउँदो रहेछ।
त्यो गोधूली साँझको रौनकमा एक अपरिचित अनुहारको व्यक्ति हामी माझ आइपुगे। हामीहरुले उनको खासै वास्ता गरेनौ किनकि हामीहरु त्यो व्यागराउन्ड भन्दा माथि छौ भन्ने घमण्ड लागेको थियो किनभने उनी भेडागोठाला थिए।
जसरी वाचन सकियो त्यसरी नै गाऊँको अनि देशको वास्तविकता झल्कियो र तस्करको जहाज भेडागोठालाले अवतरित गराइदियो। निबन्ध सुनाउछु भनेर कविता सुनाउने, चाडपर्वको विमान नेपालतिर अनि टुहुराको जीवन खाडीतिर, शब्दहरुको तुइन शब्दकोशतिर , विद्वान हुँ भन्ने अनि बुज्रुकको तक्मा भिर्ने , भावना नै नवुझिकन भावनामा छिर्ने , विश्वविधालय लाई एयरपोर्ट बनाउने अनि पौरख र पसिनासंग खेलासी गर्ने प्रवृति “अथातो काल जिज्ञासा “ अर्थात् समयसंग हरेकले गनुपर्ने जिज्ञासा हुन्।
खुट्टामा चप्पल पनि नलगाएका, अनौठो खादी ओढेका अनि आँसी खुर्पेटो भिरेका थिए उनले। गाउँले पोशाक सँगैको उनको नजर अत्यन्तै अजिव थियो। त्यतिकैमा आकाशमा जहाजको आवाज आयो र हामी सवैले हेर्न थाल्यांै। त्यस विमानको तल कतार एयरलाइन्स लेखिएको थियो जसलाई प्रस्टरूपमा देख्न सकिन्थ्यो।
त्यतिकैमा ती निडर स्वभावका भेडागोठाला जुरुक्क उठे र सुइय सुसेले जसले सबै भेडाहरूलाई एकत्रित गर्न सघायो अनि हामीहरुलाई पनि। वाइनाकुलरबाट विभिन्न दृष्यहरुको अवलोकन गरेका मेरा साथीहरु त्यो परिस्थितिद्वारा अचम्मित भएका थिए नै सँगसँगै पारी डाँडोमा नाचेका मुनालहरू, भेडाहरू र विमानसँगको आफ्नो सम्बन्ध देखेर छक्क परेका थिए।
चर्चित मोटिभेसनल स्पिकर तथा लेखक एन्थनी रबिन्स ले भनेझै “थ्याङ्कफुल हर्ट इज अल्वेज क्लोज टु दि क्रियटिभ फोर्स अफ एन युनिभर्स” साथीहरूमा रहेको अहंकारको ढक्कन खोल्न परिस्थितिले बाध्य बनाइदियो र उनीहरूले त्यो भेडागोठालालाई बोलाए केही सिक्नका लागि। अर्को दिनको प्रारम्भमा ऊ आयो र एक्कासि आफ्नो प्रतिभा सुनायो।
नमस्कार मित्रहरु ! यहाँहरूले मलाई किन बोलाउनु भयो कुन्नि? जवाफमा मेरा एक सि क्याप्टेन मित्रले भने साथी “भेडाहरूको अनि मनतस्करको रहस्य बुझ्नलाई।” उनी मुसुक्क हासे अनि खुसुक्क भने के म प्रतिभा सुनाऊ त? साथीहरु उसले पनि के सुनाउला भनेर एकआपसमा कानेखुसी सँगै खिसी गरिरहेका थिए एकादुई बाहेक। उसले खरी निकाल्यो र शब्दहरूको भारी भावनामा बिसायो यसरी—
मेरो निबन्धको शीर्षक रहेको छ “गोधूली साँझ सँगैको मनतस्करको माझ”
(एकाएक जब वाचन प्रारम्भ भो तब सबै गाऊँका तरुण तन्नेरी अनि सबै गाउलेले हामीहरूलाई घेरा हाले र उसलाई माथि वसाए )
ए नानी त्यो गुलाब नटिप है
प्रीति बस्ला नि फेरि उसमा झै
ए रानी ढोका त खोल
घरको मन भन्दै खोजिन श्रीमतीले मोल ।।
फाँट मेटे सारङ्गी रेटे भन्दै गाइन करायो
त्यो कायार उसको आवाजमा ।
हली बोल्यो ’ ए विद्वान गोरु फुकायो ’
म के गरु साथी भन्दै घरमूलीले आँशु लुकायो ।।
लाहुरेले टेप अनि गाना बजायो
त्यो सोह्र बर्षे जवान आफ्नो सपना सजायो
“ए भुन्टेका बा “ त्यो लाहूर जान्छ रे ।
के कुरा गरेकी भन्दै नानीसँग बा रिसाए ।।
विमानको उज्यालोमा उसको उज्याले थपियो
त बुढी आमाको साहरा चट्टानमा घोटियो ।
“आमा म पुगे “ भन्दै टुहुरोले घन्टी बजायो
ती आमाको थाप्लोमा नाम्लो अनि सपना सजायो ।।
त्यो मख्ख टुहुरो , गाउँ बेच्यो गोधुलीको रागमा
कति दिन पो त्यो टिक्ला खै गर्मीको मागमा ।
चिसो मान्छे अनि उसको त्यो तातो ताल
यस्तै छ निर्णायक मित्र मनतस्करहरुको हाल ।।
जसरी वाचन सकियो त्यसरी नै गाऊँको अनि देशको वास्तविकता झल्कियो र तस्करको जहाज भेडागोठालाले अवतरित गराइदियो। निबन्ध सुनाउछु भनेर कविता सुनाउने, चाडपर्वको विमान नेपालतिर अनि टुहुराको जीवन खाडीतिर, शब्दहरुको तुइन शब्दकोशतिर , विद्वान हुँ भन्ने अनि बुज्रुकको तक्मा भिर्ने , भावना नै नवुझिकन भावनामा छिर्ने , विश्वविधालय लाई एयरपोर्ट बनाउने अनि पौरख र पसिनासंग खेलासी गर्ने प्रवृति “ अथातो काल जिज्ञासा “ अर्थात् समयसंग हरेकले गनुपर्ने जिज्ञासा हुन्।
जुन प्रवृति विरुद्व भेडागोठालाले लगाएको भन्सार अत्यन्तै दार्शनिक एवम् मर्मस्पर्शी छैन त साथी ? त्यसैले घुमन्ते मनतस्करका विमानहरुविरुद्ध हामीहरुले पनि वौद्धिक भन्सार लगाउने कि?
Facebook Comment