‘२.०’ बक्स अफिस धमाका, तीन दिनमा यति कमायो !
मुम्बइ। बिहीबार रिलिज भएको भारतको सबैभन्दा ठूलो बजेटको फिल्म २.० को बक्स अफिसमा कमाइ तेस्रो दिन पनि उच्च रह्यो । फिल्मको हिदी संस्करणले तीन दिनमा ६३.२५ करोट कमाएको छ । ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार फिल्मको कमाइ तेस्रो दिन झनै बढेको छ । तेस्रो दिन हिन्दी संस्करणले मात्र शुक्रबारभन्दा २३.४६ प्रतिशत बढी कमाइ गरेको छ ।
उनका अनुसार चौथो दिन आइतबार फिल्मको कमाइ झनै बढ्ने अनुमान गरिएको छ । बिहीबार फिल्मको हिदी संस्करणले २०.२५ करोड कमाएको थियो । शुक्रबार यो कमाइ घटेर ११८ करोड भएको थियो । तेस्रो दिन फिल्मको सबै भाषाका संस्करणको नेट बक्स अफिस कलेक्सन ५५ करोड र ग्रस बक्स अफिस कलेक्सन ७० करोड रह्यो । एस शंकरको निर्देशनमा बनेको यो फिल्मको हिन्दी, तमिल र तेलुगु तीनै संस्करणको तीन दिनमा कूल नेट बक्स अफिस कलेक्सन १६७ करोड र ग्रस बक्स अफिस कलेक्सन २१२ करोड भएको छ ।
अक्षय कुमार र रजनीकान्तको यो फिल्मको कूल बजेट ५४३ करोड छ । फिल्मले रिलिज हुनुअघि नै करिब ४९० करोड कमाइसकेको छ । यसमा करिब १२० करोड एडभान्स बुकिङको हो । यसबाहेक अन्य कमाइ फिल्मको डिजिटल राइट्स र स्याटेलाइट राइट्स बिक्रीबाट भएको थियो ।
Facebook Comment