एमालेको विरोध कायमै
काठमाडौँ ।प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले लुम्बिनी प्रदेशसभाको आजको बैठकमा पनि अवरोध कायमै राखेको छ ।
निर्धारित समयभन्दा आधा घण्टा ढिला सुरु भएको बैठकमा एमालेका सांसदले नाराबाजी गर्दै रोष्ट्रम घेराउ गरेका थिए । एमालेका प्रदेशसभा सदस्य नारायण आचार्यले एमालेले कारबाही गरेका दुई सांसद पदमुक्त नहुँदासम्म सदन चल्न नदिने एमालेको अडान रहेको बताए ।
एमालेको विरोधपछि केहीबेर स्थगित भएर फेरि सुरु भएको बैठकमा वन, वातावरण तथा भूसंरक्षणमन्त्री सुरेन्द्रबहादुर हमालले वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्थामन्त्री सुमन शर्मा रायमाझीकोतर्फबाट राज्यमन्त्री सहसराम यादवले जीवनाशक विषादी नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक निर्णयार्थ पेस गरेका थिए ।
Facebook Comment