निहारिका भन्छिन् : साहित्यमा जे लेखिन्छ, मनबाट लेख्नुपर्छ
काठमाडौं। नेपाली साहित्य आकाशको नक्षत्रपुञ्ज हुन् निहारिका। पाल्पामा जन्म लिएकी निहारिकाले २० वर्षको उमेरमै आफ्नो उपन्यास कृति प्रकाशित गरिन्। कवि हृदय भएकी उनलाई ६ कक्षा पढ्दा आमा शिर्षकमा कविता लेखेको याद छ। उक्त कवितालाई नै उनले आफ्नो हृदयको कुनामा बास गरेर बसेको साहित्यलाई प्रस्फुटन गर्ने माध्यायम बनाइन्।
सामाजिक यथार्थवादलाई मियो बनाएर साहित्य सिर्जनागर्ने निहारिका साहित्यले समाज देखाउनु पर्ने बताउँछिन्। नेपालगञ्जमा नर्सिङ अध्ययनको बेला अस्पतालमा कर्णालीबाट आएका विरामीको उपचारका क्रममा देखिएका दृष्यले निकाररिकालाई धेरै छोयो। पटुकीको छेउमा गाँठोपारेर राखेको पैसा, गाँठो फुकाएपछि अस्पताल भर्ना र औषधिका लागि पनि प्राप्त हुन्नथ्यो।
विरामी अस्पताल भर्ना भइरहेका बेला उसलाई कुर्न बसेको व्यक्तिले कहिल्यै पेट भरी खान पाएन। कहिले विरामीलाई दिएको खाना आधाआधी बाँडेर खाए भने कहिल्यै भोकै पेट लिएर पीडामा सुते। उनी विरामी कुरुवा भएकाले उनको पीडा विरामी व्यक्तिको पीडाभन्दा ठूलो हुन सकेन्। त्यो दृष्यले सधै निहारिकालाई सोच्न बाध्य गरायो।
ती कारुणीक दृष्यलाई सम्झिँदा अहिले पनि निहारिकाको गहमा आशुँको सागर जम्मा हुन्छ। आफू पनि विद्यार्थी भएका कारण केही गर्न नसकिएको पीडा उनको मनमा अझै छ। आफैले थाल थापेर भान्सेसँग भात मागी विरामी कुरावालाई दिएको सम्झना पनि ताजै छ उनका मनमा। सहयोग उठाएर पनि विरामी कुरुवालाई खान खाने मेलोमेसो मिलाएको सम्झनामा भने अलि खुसि हुन्छिन् उनी।
निहारिकाको कवि मनमा ती दृष्यहरु देखेपछि भावनाको छाल उठ्न थाले। हृदयका कुनाकुनामा ती छालहरुले प्रस्फुटन हुने ठाउँ खोजे। अस्प्तालका ती दयनीय दृष्यहरु र मनमा उर्लिएका भावनाका छालहरुलाई समिश्रण गर्दै उनले शब्दहरुमा परिणत गरि कापिका पानाहरु रंगीन पार्न थालिन्।
उनले रंगीन पारेका कापीका पानाहरु स्थानीय पत्रपत्रिकाले स्थान दिएर छापिदिन थाले। पछि ती भावनाहरु सम्हालेर राख्दा राख्दै उमेरले दुई दशक पार ग¥यो। सम्हालेर राखेका भावनाहरुको कृतिलाई जन्म दिने सोच गरिन्। तत्कालीन अवस्थामा एउटा कृतिलाई जन्म दिन पनि हम्यहम्य नै पथ्र्यो।
‘योगमाया’ उपन्यासले नेपालको प्रतिष्ठित मदन पुरस्कार प्राप्त गरेपछि निहारिकालाई झन् साहित्यमा जिम्मेवार हुनु पर्छ भन्ने सिकायो। निहारिका नेपालमा मदन पुरस्कार पाउने महिला साहित्यकारहरुको भीडमा चौथी महिला हुन्। मदन पुरस्कार प्राप्त गर्ने पहिलो महिला पारिजात थिइन्। त्यसपछि झमकुमारी घिमिरेले मदन पुरस्कार आफ्नो पोल्टामा पारेकी थिइन् भने तेस्रोमा राधा पौडेलको नाम आउँछ। यस्तै ‘योगमाया’ उपन्यासले मदन पुरस्कार पाएपछि निहारिका मदन पुरस्कार पाउने चौथो महिलामा आफ्नो नाम दर्ता गर्न सफल भइन्।
आमा शिक्षण पेषामा संलग्न भएका कारण पनि उनलाई अरु भन्दा धेरै कुरामा सजिलो भएको थियो। एउटा घरमा नारी शिक्षित हुनुले घरलाई पार्ने सकारात्मक प्रभावको प्रतिनिधि पनि हुन् निहारिका। अहिले सम्झदा उनलाई नयाँ बानेश्वरमै जग्गा किन्ने पैसा खर्चभएको अनुभूति हुन्छ। आमाले आफ्नो संचयकोषमा जम्मा भएको रकम झिकेर निकारिकालाई दिएपछि जन्म हुन्छ पहिलो उपन्यास कृति ‘मौन जीवन’को।
नर्सिङ पढेकी उनी पेशाले नर्स नै थिइन्।
जब डिग्री गर्ने अवस्था आयो उनलाई नेपाली विषयमा डिग्री गरेर साहित्य सृजनामा जान मन लाग्यो। तर, उनकै दाजुले उनलाई स्वास्थ्य विषयमै डिग्री गर्न सल्लाह दिए। स्वास्थ्य विषयमा डिग्री गरेपछि त्यतिबेलाको अवस्थामा जागिरकोलागि समस्या हुन्नथ्यो। नेपालमा अहिले पनि लेखेर बाच्च सक्ने अवस्था छैन। त्यो बेला अझ कसरी हुनु। उनलाई स्वास्थ्यमा डिग्री गरेपछि जागिर सजिलै पाइन्छ भन्ने सोचका कारण दाजुले उक्त विषयमा डिग्री गर्न सल्लाह दिए। तर, निहारिकाको मनले सधै साहित्य माग्यो।
उनले नेपाली पढ्ने अड्डि कसिन्। दाजुसँग नेपाली पढ्ने हठ गरेपछि दाजुले बालकृष्ण सम विज्ञान विषय पढेर पनि साहित्यकार बनेको भन्ने उदाहरण दिए। उनी हौसिइन्। पढाइले हैन साहित्य मनले लेख्नु पर्छ भन्ने मनमा पस्यो। त्यसपछि उनले पहिलो स्वास्थ्य क्षेत्रको विषय र दोस्रो नेपाली विषयमा स्नातकोत्तर गरिन्।
यो वर्ष ‘द्रोपदी अवशेष’ ल्याएर बजारमा आएकी निहारिकाको उपन्यास लेखन १७ वर्षमै सुरुवात भएको थियो। आमाको संचयकोषबाट पैसा निकालेर २०५१ सालमा प्रकाशित दोस्रो पाण्डुलिपीपछि उनको साहित्यमा औपचारिक यात्रा सुरु हुन्छ। पुस्तक प्रकाशन हुँदा उनी २० वर्षको थिइन्। उनले १७ वर्षमा लेखेका दुई वटा पाण्डुलिपीलाई छानेर दोस्रो पाण्डुलिपी त्यो बेलामा प्रकाशित गरेकी थिइन्।
अमेरिकामा बसेर पनि नेपालका दूरदराजमा भएको बहुपति प्रथाको कथालाई उपन्यासको रुप दिएर उनी नेपाली उपन्यासको बजारमा उनी दरिलो पिल्लरका रुपमा उपस्थिति छिन्। उनको ‘द्रोपदी अवशेष’ साहित्यमा संस्कृति लेखिएको कृति हो।
महाभारतले द्रोपदी चिनाएको छ। द्रोपदीको पीडाको बारेमा सोच्न सफा हृदय चाहिन्छ। उनले आफ्नो पीडाका अगाडि धर्मको जीतका लागि गरेको संघर्ष र त्यागले पनि जीवनमा धेरै कुराको ज्ञान दिन्छ। नाटक मात्र सम्झिने हो भने पनि आज भन्दा हजारौं वर्ष पहिलाको महाभारतकी नायिका द्रोपदीको अवशेष हुम्लाका दूर दराजमा जीवित छन्। बहुपत्नी हुने हाम्रो समाजमा बहुपति प्रथा पनि छ भन्दा निहारिकालाई पनि छोएको थियो।
आज भन्दा २०/३० वर्ष पहिला पनि निहारिकाले नेपालगञ्जमा नर्सिङ अध्ययनकै बेलामा पनि यसको सुइको नपाएकी भने होइनन्। तर, लेख्न जुरेन। नेपालका थुप्रै आरोह अवरोह पार गर्दै निहारिकाको बसाई अमेरिका जुर्छ। अमेरिकाको बसाईँकै क्रममा धेरै ऋतुहरु पार गरेपछि बहुपति प्रथाको बारेमा छोराले पढ्छन र नेपालमा यस्तो छ कि छैन भनेर सोध्छन्।
त्यसपछि निहारिकाको मनमा जन्म हुन्छ, ‘द्रोपदी अवशेष’। खोतल्छिन आफ्नो पुरानो मन मस्तिस्क, जम्मा पार्छिन् सम्झनाका पोकाहरु। अनि एकएक गरि नेपालगञ्ज, बाजुरा, हुम्ला पुग्दा प्राप्त गरेका स्मरणका उपहारहरु फुकाउँदै जान्छिन्। द्रोपदी अवशेषका लागि अपुग कुराहरु सहयोग लिएरै भए पनि पूरा गरेकी छिन्।
स्थानीय भाषिकाको पनि प्राप्तमात्रामा ख्याल गरेकी निहारिका अहिले पनि साहित्य हृदयले लेखिने विषयवस्तु भएको बताउँछिन्। मनमा उर्लिएका भावनाका छालहरुलाई कविता, कथा र उपन्यासमा पोखेकि छिन्। विषयवस्तुले मागेको आकार दिएर विधामा ढाल्ने बानी छ निहारिकाको।
‘योगमाया’ उपन्यासले नेपालको प्रतिष्ठित मदन पुरस्कार प्राप्त गरेपछि निहारिकालाई झन् साहित्यमा जिम्मेवार हुनु पर्छ भन्ने सिकायो। निहारिका नेपालमा मदन पुरस्कार पाउने महिला साहित्यकारहरुको भीडमा चौथी महिला हुन्। मदन पुरस्कार प्राप्त गर्ने पहिलो महिला पारिजात थिइन्। त्यसपछि झमकुमारी घिमिरेले मदन पुरस्कार आफ्नो पोल्टामा पारेकी थिइन् भने तेस्रोमा राधा पौडेलको नाम आउँछ। यस्तै ‘योगमाया’ उपन्यासले मदन पुरस्कार पाएपछि निहारिका मदन पुरस्कार पाउने चौथो महिलामा आफ्नो नाम दर्ता गर्न सफल भइन्।
Facebook Comment