चीनबाट श्रंङ्खलाले गरिन नेपालीलाई यस्तो अनुरोध
काठमाडौं । विश्व सुन्दरी प्रतियोगिताको लागि हाल चीनमा रहेकी श्रंङ्खला खतिवडाको चर्चा अहिले नेपाल मात्रैं नभई संसारभरी भइरहेको छ उनको कला र कौंशलताको तारिफ नगर्ने सायदैं नहोलान तर हरेक व्यक्ति हरेक कुराहरुमा सक्षम हुँदैंन । हेड टु हेड को दोस्रो चरणको प्रतियोगितामा नेपालले सिंगापुरसँग हार व्यहोरेको छ । अहिले समाजिक सञ्जालमा विशेष रुपमा यस कुराको विरोध भइरहेको छ कि मिस वल्र्ड प्रतियोगिता निष्पक्ष हुँदैंन । सिंगापुरको तुलनामा नेपालले राम्रो विषय उठाएको थियो र मिस सिंगापुर भन्दा राम्रो बोलेको पनि थियो ।
सिंगापुरसँगको हार पश्चात सामाजिक सञ्जालमा एक भिडियो राख्दैं खतिवडाले सिंगापुर र आयोजकलाई केही नभन्न अनुरोध गरेकी छिन उनले प्रतियोगितामा हारजीत सामान्य कुरा भएको भन्दैं यसलाई अतिरन्जीत नगर्न अपिल गरेकी छिन । उनले आफुलाई लाखौं करोडौं नेपालीहरुको भोटले यो स्थानसम्म ल्याएको भन्दैं आफुले केही गलत गरेको भन्दैं पटकपटक माफिसमेत मागेकी छिन । उनले आफुलाई हराउने मिस सिंगापुर एकदमैं मिल्ने साथि भएकाले उसको जित नैं मेरो भएको प्रतिकृया पनि दिएकी छिन ।
उक्त भिडियोमा भावुक मुद्रामा रहेकी खतिवडाले आफुले बोल्दा समय कम पाएको र बोल्नैं पर्ने केही बुँदाहरु आफुले भन्न छुटाएको बताएकी छिन । आफुलाई बोल्ने समयका बारेमा त्यती धेरैं ज्ञान नभएको समेत उनले जनाएकी छिन । आफुले कम समयमा धेरैं कुराहरु अर्थात बोल्नुपर्ने कुराहरु बोल्नुपर्ने समयवधीलाई ख्याल गर्न नसकेकोमा पश्चाताप गरेकी छिन । उनले अगाडी नेपालीहरुको अझैं भरपुर सहयोग चाहिएको भन्दैं भोट गर्न अनुरोध पनि गरेकी छिन । हेड टु हेड च्यालेज्न बाहेक अन्य धेरैं प्रक्रियाहरुबाट पनि अन्तिम चरणमा पुग्न सकिने उनले बताएकी छिन ।
Facebook Comment