सलमान खानले किन बिहे गरेनन् ! आफैले गरे यस्तो खुलासा….

डिसी नेपाल
१७ मंसिर २०७५ १२:५८

काठमाडौं । सलमान खानको सन्दर्भमा गरिने एउटा प्रश्न हो, ‘किन यत्तिका उमेरसम्म पनि बिहे नगरेको ?’ उनले यसको उत्तर पटक-पटक दिइसकेका छन् । तर पनि उनीसँग यो स्पष्टिकरण भने लिने क्रम कहिल्यै रोकिदैन ।

बलिउड सुन्दरीसँग लभ-रोमान्स गर्न भ्याउने सलमानलाई बिहे गर्ने फुर्सद नमिलेको हो ? उनले बेफुसदिलो भएको कुरा कतै भनेका छैनन् । बरु केहि महिना अघि एक अन्तर्वार्तामा उनले यसो भनिदिए र सबैलाई चकित पारे, ‘मसँग बिहे गर्ने पैसा नै छैन ।’

विश्वका सबैभन्दा धनि अभिनेताको सुचिमा परेका सलमान खान सँग साच्चैमा बिहे गर्ने पैसा नै नभएको हो त ? सलमानले एउटै फिल्मबाट भारु ४०/५० करोड पारिश्रमिक लिने गर्छन् । सहजै पत्याउन गाह्रो पर्छ । तर, एक साक्षतकारमा उनले यहि कुरालाई जोड दिदै आफु सिंगल बस्नुको कारण यस्तो बताएका हुन् ।

सलमान आफ्नो कमाईको केही हिस्सा समाजसेवामा खर्चन्छन् । यसै प्रसंगमा उनको बिहेको कुरा आएको थियो । उनी भन्दै थिए, ‘म खुब च्यारिटी गर्छु । तर कहिले काहिँ मकहाँ केहि व्यक्ति दुई/अढाई लाख सहयोग माग्दै आउँछ । उनीहरुले आफ्ना छोरीको बिहेका लागि पैसा चाहिएको भन्छन् । तर म यस्ता व्यत्तिको सहयोग गर्न सक्दिन । किनभने मेरा पिता -सलीम खान) स्वंमले १ सय ८० रुपैयाँमा बिहे गरेका थिए ।’

सलमानले अगाडि थपे, ‘मलाई लाग्छ कि, यो केवल सूरज बडजात्यको गल्ती हो । किनभने उनले आफ्नो फिल्म ‘हम आपके है कौन’, ‘हम साथ साथ है’ मा महंगो बिवाहको प्रचलन सुरु गरे । त्यसैले अहिले बिहेमा लाखौं, करोडौं खर्च गर्ने बानी पर्‍यो । मेरो कुरा गर्नुहुन्छ भने, मसँग यति धेरै पैसा छैन कि जसले बिहे गरौं ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *