‘न्यायमा पहुँच सबैको पहुँच हुनुपर्छ’
काठमाडौं ।प्रदेश नं १ आन्तरिक मामिला तथा कानून मन्त्रालयले आयोजना गरेको कार्यक्रमका वक्ताले सबै नागरिकले न्यायमा पहुँच पाउनुपर्ने बताएका छन् । प्रदेश कानून तर्जुमा र कार्यान्वयन सम्बन्धमा कानून र न्याय क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूरुसँगको अन्तक्र्रियामा उहाँहरूले न्याय साझा दृष्टिकोण हुनुपर्ने बताएका हुन् ।
कानुन निर्माणमा साझा सोच र दृष्टिकोण निर्माण गर्न, न्यायमा पहुँच बढाउन र सहमति र सहअस्तित्वबाट निर्माण भएको कानुन कार्यान्वयनमा समस्या नहुने दृष्टिकोण बनाउनुपर्नेमा जोडि दिइएको थियो । कार्यक्रममा उच्च अदालत र जिल्ला अदालतका न्यायाधीश, जिल्ला न्यायाधिवक्ता, सुरक्षा निकायका प्रमुख, प्रमुख जिल्ला अधिकारी, अधिवक्ता तथा सरोकारवालाहरुको सहभागिता थियो ।
आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री लीलाबल्लभ अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तीलप्रसाद श्रेष्ठले न्यायमा पहुँच अभिवृद्धि गर्न सरोकारवालाको भूमिका विषयमा र प्रदेश नं १ का मुख्यन्यायाधिवक्ता चुडामणि आचार्यले कानुनका विविध पक्षमा आ–आफ्ना कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
Facebook Comment