नेकपाको सात वटै प्रदेश कमिटिले पूर्णता पायो (सूचीसहित)
काठमाडौं । तत्कालिन एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर जन्मेको नयाँ पार्टी नेकपा (नेकपा)को प्रदेश कमिटिले पूर्णता पाएको छ । यही मंसिर १२ गतेको सचिवालय बैठकले प्रदेश कमिटिलाई पूर्णता दिने निर्णय गरेरअनुसार ७ सबै प्रदेश कमिटिलाई पूर्णता दिइएको महासचिब विष्णु पौडेलले जानकारी दिएका छन् ।
नेकपाले सोमबार प्रदेश कमिटिका सदस्यहरुको नाम सार्वजनिक गरेको हो । सार्वजनिक नामअनुसार तत्कालिन एमाले, माओवादी केन्द्रबीच भागबण्डाका आधारमा आन्त्रिक गुट पनि व्यवस्थापन गर्दै प्रदेश कमिटिलाई पूर्णता दिइएको छ ।
भागबण्डाको अनुपात यसप्रकारको छ :
प्रदेश-१
जम्मा संख्या-२०७
नेकपा एमाले-१२२
नेकपा माओवादी केन्द्र-८५
प्रदेश–२
जम्मा संख्या-२१५
नेकपा एमाले-१०६
नेकपा माओवादी केन्द्र-१०६
पार्टी एकतापछि नेकपा प्रवेश गर्ने-३
प्रदेश–३
कमिटीका संख्या-२१७
नेकपा एमाले-११६
नेकपा माओवादी केन्द्र-१०१
गण्डकी प्रदेश
जम्मा संख्या-१ सय ८७
नेकपा एमाले-१०२
नेकपा माओवादी केन्द्र-८५
प्रदेश-५
कमिटी संख्या-२०३
नेकपा एमाले-१०६
नेकपा माओवादी केन्द्र-९७
कर्णाली प्रदेश
कमिटीका संख्या-१७५
नेकपा एमाले-८७
नेकपा माओवादी केन्द्र-८८
सुदुर पश्चिम प्रदेश
जम्मा संख्या-१८३
नेकपा एमाले-१००
नेकपा माओवादी केन्द्र-८३
पूर्ण सूची यसप्रकार छ :
Facebook Comment