भारतसँग खेलअघि अफगानी ओपनरले भने ‘मोटो भएर के भो ? कोहलीले भन्दा लामो छक्का हान्छु’

डिसी नेपाल
१७ कार्तिक २०७८ १२:४४

काठमाडौं। टि–२० विश्वकपमा आज भारत र अफगानिस्तानबीच खेल हुँदैछ । पाकिस्तान र न्यूजिल्याण्डसँग हारिसकेको भारतको सेमिफाइनल पुग्ने झिनो सम्भावना मात्र बाँकी छ । त्यो सम्भावना पनि आज अफगानिस्तानसँग हारेमा समाप्त हुन सक्छ । तुलनात्मक रुपमा अफगानिस्तानलाई भारतभन्दा कमजोर मानिएको भए पनि अफगानिस्तानले कडा टक्कर दियो र नेट रनरेट सुधार गर्न दिएन भने भारत जितेर पनि सेमिफाइनल पुग्न सक्दैन ।

यही बीचमा अफगानिस्तानका ओपनिङ ब्याटर तथा विकेटकिपर मोहम्मद शहजादको एउटा बयान चर्चामा छ । ९० किलोका शहजादको फिटनेसलाई लिएर आलोचना भइरहन्छ । तर, शहजादलाई भने यसले खासै फरक पर्दैन । उनले इण्डियन एक्सप्रेससँग कुरा गर्दै भने ‘हामी फिटनेस पनि पूरा गर्छौं र पूरा खान्छौं ।’ पाकिस्तानको शरणार्थी शिविरमा खेलिसकेका शहजादले अगाडि भने ‘हर कोही विराट कोहलीजस्तो हुन सक्दैन । जति लामो छक्का कोहलीले हान्छन् मैले त्योभन्दा लामो छक्का हान्न सक्छु । उनीजस्तो डाइटिङ गर्नुपर्ने आवश्यकता कहाँ छ ?’

शहजादले अगाडि भने ‘मेरा कोच फिल सिमन्सलाई थाहा छ कि म ५० ओभर किपिङ गर्न सक्छु र ५० ओभर ब्याटिङ पनि गर्न सक्छु । मेरो तौल कहिल्यै क्रिकेटमा अवरोध बनेन ।’ शहजादका आंकडाले पनि उनको कुरा प्रमाणित गर्छन् । शहजाद अफगानिस्तानको लागि टि–२० मा सबैभन्दा धेरै रन बनाउने खेलाडी हुन् । एकदिवसीयमा पनि उनी दोस्रो स्थानमा छन् । उनीभन्दा अगाडि कप्तान मोहम्मद नबी मात्र छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *