नेपाल आइडलकी जज तथा गायिका इन्दिराको शारिरिक रुपमा फिट रहनुको ५ रहस्य

डिसी नेपाल
१८ मंसिर २०७५ ८:१६

काठमाडौ । नेपाल आइडलकी जर्ज तथा हट गायिका इन्दिरा जोशी यतिखेर सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा भाइरल नै छिन् । किनभने यतिखेर नेपाल आइडलको गाला राउण्ड चलिरहेको छ । जसमा यो हप्ताबाट ५ जना प्रतिस्पर्धी बाकी रहेका छन् । भने यो हप्ता सबैलाई रुवाएर पवन गिरी बाहिरिएका छन् । तीन जना जर्जमध्ये उनी पनि रुएकी थिइन् । उनी फरक दिन फरक सजावटका साथ आउने गर्छिन् । त्यसैकारण यतिखेर उनको चर्चाले शिखर नै चुमेको छ ।

त्यसैगरी उनले जब स्टेजमा स्वर मात्रै होइन : नृत्य पनि गदै आम दर्शकहरुको माहोल तताउने गरेकी छिन् । जसमा उनले भनिन् ‘गाउँदै नाच्ने गर्नाले पनि एक्स्ट्रा एक्सरसाइज जरुरी परेको छैन । तर घरमै बस्नुपरेका बेला हल्का एक्सरसाइज गर्छु ।’भनेर बताएकी छिन् । सानैदेखि संगीतमा लगाव भएकाले उनी स्वरको निखारसँगै नृत्य समेत गर्न रुचाउँथिन् । त्यो बानीको विकास हुँदै जाँदा स्वास्थ्य वर्धक भएको उनको बुझाइ छ ।तर अहिले सम्म पनि उनी यति सुन्दर र शारिरिक रुपमा एकदमै फिट ,हेर्दा निकै आकर्षक रहेको अनौठो कुरा खुलासा भएको छ । हेरौ यस्तो रहेको छ ।

पहिलो कुरो हो : उनी नियमित अत्यधिक पानी पिउने गर्छिन् । उनले दिनमा कम्तीमा ८ गिलास पानी पिउने र आफ्नो दैनिकी समेत पानीबाटै प्रारम्भ गर्ने जानकारी दिइन् । ‘उठ्नेबित्तिकै मलाई एक बोतल पानी चाहिन्छ । बिहानै पानीले धोएर बाहिरी अंगमा टाँसिएको फोहोर सफा सबैले गर्छन खाली पेटमा पानी पिउने हो भने भित्री अंगका फोहोर पनि सफा हुने उनको बुझाइ छ ।

त्यसैगरी दोस्रो कुरा : उनी खाने कुरामा हरदम सजक रहने बताउछिन् । उनी भन्छिन् ‘धेरै चिल्लोचाप्लो र गुलियो खानेकुरा जिब्रोले मागे पनि मनले नखान भन्छ, जहिल्यै कन्ट्रोल गरिरहेकी हुन्छु,’ भनेर बताएकी छिन् । उनी थप्छिन्, ‘नेपालीको खाने शैली अलि उल्टो छ ।’ विश्वका धेरै देश घुमिसकेकी उनी खाने समय र तरिका चाहिँ पश्चिमाहरुबाट सिक्नैपर्ने बताउँछिन् । ‘हाम्रो बेलुका धेरै खाने, बिहान र दिउँसो सामान्य खाजाले काम चलाउने बानी छ । यो तरिका स्वास्थ्यका लागि वैज्ञानिक होइन,’ उनको राय छ । बेलुकी सुत्नु भन्दा कम्तीमा ३ घन्टाअघि खाने गरेको उनी बताउँछिन् अरुलाई पनि उनको सुझाव छ, ‘सुत्नुभन्दा दुई, तीन घन्टाअघि खाने बानी बसाल्दा मोटोपनको समस्या आउँदैन ।

त्यसैगरी तेस्रो कुरा : उनी फलफुल खानमा धेरै रुचि राख्ने बताछिन् । उनी आफू खानेकुरामा फलफूलमा जोड दिने र फलफूल पाउँदा पाउँदै पनि सप्लिमेन्ट’को सहारा लिने आम नेपालीको बानी सुधार्न सुझाउन बताउछिन् । त्यसैले त भन्छिन् ‘विदेशमा फलफूल उपभोग योग्य प्रमाणित भएर उपभोक्ताको हातमा आइपुग्न निकै दिन लाग्छ, हामी तुरुन्तै खान पाउँछौँ । तर यसलाई वास्ता नगरेर हानिकारक खानेकुरा खाइरहेका हुन्छौं,’ भनेर बताएकी छिन् ।

त्यसैगरी चौथोमा कुरा : उनी घरेलु उपचारलाई सुरुमा प्राथमिकता दिने, सानो तिनो घाऊ,चोटमा दबाई नखाने पनि बताउछिन् । उनका अनुसार मान्छेको ज्यान न हो, जीवनशैलीमा परिवर्तन आउँदा बेलाबखत स्वास्थ्य बिग्रिन्छ नै । एलर्जी, कब्जियतजस्ता समस्याले इन्दिरालाई पनि कहिलेकाहीँ दुःख दिन्छन् तर तिनलाई ठीक पार्न सक्दो घरेलु उपाय अपनाउँछिन् । आयुर्वे्दिक चिकित्सा पद्धतिमा उनको विश्वास छ । ‘घरेलु अथवा आयुर्वे्दिक उपचार पद्धतिले ढिलो ठीक पार्ला तर साइड इफेक्ट हुँदैन,’ उनले भनिन् । स्वस्थ जीवनशैलीले हालसम्म बिरामी भएर अस्पतालको दैलो देख्नु नपरेको उनले बताइन् ।र अन्तिम तरिका हो ,स्वास्थ्य रहन सुमधुर संगीत सुन्ने र मनलाई एकाग्र बनाएर खुसि रहने गरेकोले पनि यस्तो भएको बताइन्




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *