भोजपुर र सङ्खुवासभा जोड्ने अरुण नदीमा पक्की पुल बन्छः मुख्यमन्त्री राई

डिसी नेपाल
२३ कार्तिक २०७८ १६:२९

काठमाडौं ।भोजपुर र सङ्खुवासभा जोड्ने अरुण नदीमा पक्की पुल निर्माण गरिने प्रदेश नं १ मुख्यमन्त्री राजेन्द्रकुमार राईले बताएका छन् ।

भोजपुर जिल्लाको षडानन्द नगरपालिका र सङ्खुवासभाको खाँदबारी नगरपालिका जोड्ने अरुण नदीको लम्सुवाघाटमा पक्की पुल निर्माण गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका हुन् । सङ्खुवासभाको तुम्लिङटारमा आज पत्रकारसँग कुराकानी गर्दै उनले आफ्नै कार्यकालमा पक्की पुल बनाउने विश्वास दिलाए ।

अरुण नदीमा पक्की पुल नहुँदा भोजपुरवसीले निकै सास्ती भइरहेको उल्लेख गर्दै मुख्यमन्त्री राईले सङ्घीय सरकारले १० वर्षअघि शिलान्यास गरेको लम्सुवाघाटको पक्की पुल अहिलेसम्म बन्न नसक्नु दुःखद भएको बताए । उनले अघिल्लो सरकारले थालेका राम्रो कामलाई पूरा गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *