सरकारलाई दिएको समर्थन फिर्ता लिदैँ राजपा

डिसी नेपाल
१८ मंसिर २०७५ ११:४८

काठमाडौं । राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले अबको चार दिनपछि सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन्। मंगलबार रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा नेता कर्णले सरकारलाई समर्थन गरिराख्नुपर्ने कुनै औचित्य नभएकाले पार्टीको अब बस्ने बैठकले समर्थन फिर्ता लिने निर्णय गर्ने दाबी गरे।

आफूहरुले सरकारमा जानको लागि यो सरकारलाई समर्थन नगरेको स्पष्ट पार्दै भने, ‘हामीले त संविधान संशोधन र आन्दोलनका बेला हाम्रा नेता तथा कार्यकर्तालाई लगाएको मुद्दा फिर्ता गराउनको लागि यो सरकारलाई समर्थन दिएको हो। तर, दुई वटै विषयमा अहिलेसम्म सरकारले हामीसँग कुनै छलफल नै गरेको छैन्। त्यसैले अब समर्थन कायम राख्नुपर्ने औचित्य छैन्’, उनले भने।

उनले वर्तमान सरकार पूर्ण रुपमा असफल भैसकेको पनि आरोप लगाए। सरकारले मुलुकमा शान्ति, सुरक्षा र अमनचयन समेत कायम गर्न नसकेको उनको आरोप छ। ‘चार महिना अघिको निर्मला पन्त हत्या प्रकरण आज पनि चर्चित नै छ। यो कसको कमजोरी होरु एउटा बच्चा बलात्कृत हुन्छ, त्यसलाई मारिन्छ, र त्यसको दोषी को हो भन्ने पत्तै लाग्दैन्। अनि यो भन्दा निकम्मा सरकार अरु को होलारु’ उनले प्रश्न गरे।

‘यो देशमा यतिका प्रहरी छन्। सशस्त्र प्रहरी छन्। सेना छ। लाखौंको संख्यामा सुरक्षाकर्मीहरु छन्। अझ नपुगेर भर्ना गरिँदैछ। के को लागिरु केवल मन्त्री र प्रधानमन्त्रीलाई स्यालुट ठोक्नको लागिरु’ उनले आक्रोश पोखे।

साढे ३३ केजी सुन तस्करी प्रकरण अहिले सेलाएको भन्दै सरकारले नै संरक्षण गरिरहेको उनको आरोप छ। उनले थपे, ‘अहिले त जेलमा भएकाहरु पनि धमाधम छुट्दैछन्।’

कर्णले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले क्रिश्चियन धर्म प्रचार गर्नको लागि नै योगदान पुर्याएको आरोप लगाए। उनले भने, ‘यदि प्रधानमन्त्री वा अरुले बरु क्रिश्यिचन धर्म नै कबुल गरेको भए मलाई केही पनि भन्नु थिएन। तर, देशको सरकार प्रमुखले नै एउटा धर्मको निमित्त खर्च गर्ने र प्रचार गर्ने यो विल्कुल गलत काम भयो। यो हाम्रो संविधानको बर्खिलाप हो।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *