इन्धनमा गरिएको मूल्य वृद्धिको बुटवलमा विरोध
काठमाडौं ।नेपाल आयल निगमले बिहीबार रातिदेखि इन्धनमा गरेको मूल्यवृद्धिको विरोध गर्दै विद्यार्थीले बुटवलमा प्रदर्शन र चक्काजाम गरेका छन् ।एक महिनाभित्र दोस्रोपटक पेट्रोलियम पदार्थमा मूल्य वृद्धि भएपछि नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले आज बुटवलमा एक घण्टा चक्काजाम गरेको हो । अनेरास्ववियुले विरोधस्वरूप बिहान ९ बजेदेखि चक्काजाम गरी मूल्य वृद्धि फिर्ता गर्न माग गरिएको रुपन्देहीका सचिव प्रकाश पराजुलीले जानकारी दिए ।
आयल निगम घाटामा रहेको भन्दै निगमले बुधबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजल, खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य बढाएको थियो । पेट्रोल र डिजलमा साबिकको मूल्यमा तीन रुपैयाँ वृद्धि गरेको निगमले जनाएको छ । अब पेट्रोल प्रतिलिटर रु १३६, डिजल रु ११९ कायम भएको छ । ग्यासमा प्रतिसिलिण्डर रु ७५ मूल्यवृद्धि भएपछि प्रतिसिलिण्डर मूल्य रु १५७५ पुगेको छ ।
Facebook Comment