ओखलढुंगामा दर्शनार्थी बोकेको बोलेरो दुर्घटना : तीन जनाको मृत्यु, १४ घाइते

डिसी नेपाल
२९ कार्तिक २०७८ १०:११

ओखलढुंगा। चम्पादेवी ककनी मन्दिर दर्शन गर्न हिँडेकाे बोलेरो जीप सोमबार दुर्घटना हुँदा तीन जनको मत्यु भएको छ। १४ जना घाइते भएका छन्।

सुनकोशी गाउँपालिका-८ च्यानम हुँदै ककनीतर्फ जाँदै गरेकाे प्रदेश३-०१-०२२ च ९६९४ नम्बरको जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ। मन्दिरतर्फ जाने क्रममा गाडी सुनकोशी गाउँपालिका-९ को जौबारी नजिकैको कुसाङमाभ सडकबाट करीब ६ सय मिटर तल खसेको थियाे।

दुर्घटनामा परी घाइते भएकाको उद्धार गरी उपचारका लागि सामुदायिक अस्पताल सोब्रु पठाइएको वडा अध्यक्ष झनक कार्कीले जानकारी दिए। गम्भीर घाइतेलाई काठमाडाैं लैजान हेलिकाेप्टर झिकाइएको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *