सन्धि सम्झौताको खारेजी, सीमा अतिक्रमणविरुद्धमा मेची महाकाली राष्ट्रिय जनजागरण कार्यक्रम सञ्चालन गर्ने : नेकपा(क्रान्तिकारी माओवादी)

डिसी नेपाल
१८ मंसिर २०७५ १६:५०

रुपन्देही । नेकपा नेकपा(क्रान्तिकारी माओवादी)को केन्द्रीय समिति बैठकले मुलकमा नयाँ जनवादी क्रान्ति आवश्यक रहेको निष्कर्ष निकालेको छ ।

बुटवलमा सम्पन्न केन्द्रीय समितिको बैठकले राष्ट्रियता, जनतन्त्र र जनजीविका सवालमा नयाँ क्रान्ति आवश्यक रहेको निष्कर्ष निकाल्दै सशक्त आन्दोलन गर्ने निर्णय गरेको हो ।

मङ्सिर १२ गतेदेखि १७ गतेसम्म बुटवलमा बसेको बैठकले गरेको निर्णय आज बुटवलमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो । बैठकले हत्या, हिंसा, बलात्कार, आदिवासी जनजाति, उत्पीडित वग, सीमा अतिक्रमणलगायतका विषयलाई लिएर देशव्यापीरुपमा सशक्त सङ्घर्ष गर्ने निर्णय गरेको छ । सन् १९५० लगायतका असमान सन्धि सम्झौताको खारेजी, सीमा अतिक्रमणविरुद्धमा मेची महाकाली राष्ट्रिय जनजागरण कार्यक्रम सञ्चालन गर्ने बैठकले निर्णय गरेको छ ।

यस्तै बैठकले साझा मुद्दामा विभिन्न राजनीतिक शक्ति तथा पक्षसँग मिलेर संयुक्त सङ्घर्षका कायक्रम गर्ने निर्णय गरेको छ । पत्रकार सम्मेलनमा अध्यक्ष मोहन वैद्यले मुलुकलाई अर्धसामन्ती अवस्थाबाट मुक्ति दिलाउन नयाँ क्रान्तिको आवश्यक रहेको बताए । मुलुकमा रहेका सच्चा कम्युनिष्टलाई गोलबन्द गर्ने प्रयासमा रहेको भन्दै उनले तत्काल नेत्रविक्रम चन्द विप्लबले नेतृत्व गरेको पार्टीसँग भने एकता नहुने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *