प्रियंका–निकको फोटो छापिँदा यस्तो देखियो पिपुल म्यागजिन, हेर्नुहोस् पूरा साइजको कभर

डिसी नेपाल
१९ मंसिर २०७५ ३:३०

काठमाडौं। प्रियंका चोपडा र निक जोनसको बिहेको फोटो छापिएको पिपुल म्यागजिनको कभर सार्वजनिक भएको छ । म्यागजिनको डिसेम्बर १७ को संस्करणमा यो फोटो कभरमा छापिनेछ । म्यागजिन भने बजारमा आउन बाँकी नै छ । म्यागजिनले कभर मात्र सार्वजनिक गरेको हो ।

कभरमा उल्लेख भएअनुसार म्यागजिनको यो संस्करणमा उनीहरुको विवाहका विभिन्न चरणका थुप्रै फोटोहरु छापिँदैछन् । यी सबै फोटोहरु म्यागजिनले २.५ मिलियन डलर (झण्डै २७ करोड नेपाली रुपैयाँ)मा किनेको थियो । फोटोमा उनीहरुले लगाएको ड्रेस डिजाइनर सब्यसाचीले डिजाइन गरेको बताइएको छ । उनीहरुको बिहेको अफिसियल फोटो बिक्री भइसकेको हुनाले विवाहमा पाहुनालाई फोटो खिच्न प्रतिबन्ध लगाइएको थियो । यसका लागि कडा सुरक्षा व्यवस्था बनाइएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *