जनसङ्ख्याका आधारमा मधेशीको राजनीतिक प्रतिनिधित्व हुनुपर्छः अध्यक्ष यादव

डिसी नेपाल
३० कार्तिक २०७८ २२:१२

काठमाडौं ।जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकलाई शान्ति, विकास एवं समृद्धिको बाटोमा लानका लागि अहिलेको निर्वाचन प्रणालीमा सुधार गर्न आवश्यक भएको बताएका छन् ।

जसपा नेपाल कञ्चनरूप नगर कार्यसमितिद्वारा आज सप्तरीको कञ्चनपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले भने, “जनसङ्ख्याका आधारमा मधेसीको राजनीतिक प्रतिनिधित्व हुनुपर्छ ।” अध्यक्ष यादवले देशको संविधानमा समावेशी सिद्धान्तबमोजिम नै मधेशी, महिला, आदिवासी जनजाति, दलित र मुस्लिमलाई राज्यमा उचित प्रतिनिधित्वको व्यवस्था गरेको भएपनि भेदभावका कारणले सरकारी सेवामा उनीहरुको प्रवेश कम देखिएको बताए ।

दलित, मधेशी, थारु, मुस्लिम र जनजातिलाई अधिकार सम्पन्न बनाउनका लागि जसपा नेपालले सङ्घर्ष गरिरहेको उल्लेख गर्दै उनले देशमा सदियौँदेखि पछाडि पारिएका जाति समुदायको हकअधिकार अझै पूर्णरुपले स्थापित भइसकेको छैन, विभेद र उत्पीडनमा परेको ती जाति समुदायको अधिकार सुनिश्चितताको लडाइँ निरन्तर जारी नै रहेको बताए ।

अध्यक्ष यादवले देशमा सङ्घीयता, गणतन्त्र, समावेशीतासहितको व्यवस्था स्थापनामा जसपाको अग्रणी भूमिक रहेको उल्लेख गर्दै स्थानीय सरकारदेखि संसद र राज्यको शासन र प्रशासनसम्म मधेशी, आदिवासी जनजाति, थारु, दलित, मुस्लिम, महिला, अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्वको सुनिश्चित सङ्घीय प्रणालीकै कारण भएको प्रष्ट पारे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *