शीर्ष नेताहरूको उपस्थितिमा एमाले प्रदेश २ को भेला सम्पन्न
महोत्तरी । एमाले शीर्ष नेताहरूको उपस्थितमा प्रदेश २ को भेला सम्पन्न भएको छ । महोत्तरीको बर्दिबासमा एमाले प्रदेश २ को भेला सम्पन्न भएको हो ।
उपमहासचिव विष्णु पौडेल, महाअधिवेशन सहसंयोजक सुरेन्द्र पाण्डेसहित स्थायी कमिटी सदस्य, केन्द्रीय सदस्यको सहभागिताबीच आयोजित भेलामा माहाअधिवेशनको तयारी र चुनावी अभियानको विषयमा छलफल भएको नेकपा एमाले प्रदेश २ ले जनाएको छ ।
चुनावी अभियानलाई प्रदेश २ मा कसरी बलियो बनाउने र महाधिवेशन प्रतिनिधि छनोटमा भएको विवाद कसरी सुल्झाउने भन्ने विषयमा पौडेलले मैत्रीपूर्ण वातावरण तयार गर्न निर्देशन दिएको पौडेललाई उदृत गर्दै प्रदेश कमिटी सदस्य गोपाल बरालले बताए ।
प्रदेश २ मा महाअधिवेशन प्रतिनिधि चयन गर्दासमेत निक्कै ठूको विवाद सिर्जना भएको थियो । अहिलेसम्म कुनै पनि जिल्लामा विवादका कारण प्रतिनिधि चयन हुन सकेका छैनन् ।यही विवादलाई सहजीकरण गर्नका लागि पनि विष्णु पौडेल, सुरेन्द्र पाण्डे लगायत नेताहरू प्रदेश २ मा आएको एक नेताले जानकारी दिए ।
महोत्तरीमा प्रतिनिधिका आकांक्षी तेब्बर छन् । विधानअनुसार सदस्य संख्याको आधारमा महोत्तरीमा बढीमा ३० जना प्रतिनिधि मात्रै चयन हुनेछन् । आकांक्षी धेरै भएपछि चयन गर्न निक्कै सकस भइरहेको महोत्तरी जिल्ला इन्चार्ज टेकबहादुर बलाम्पाकीले बताए । महोत्तरी जस्तै प्रदेश २ का अन्य जिल्लामा पनि विवाद कायम नै छ । अहिले प्रदेश २ मा नेकपा एमाले र नेकपा एसको तुलना गर्दा नेकपा एस नै बलियो देखिएको छ ।
Facebook Comment