कर्णालीमा नवनियुक्त मन्त्री शाहीले लिए शपथ
![कर्णालीमा नवनियुक्त मन्त्री शाहीले लिए शपथ](https://www.dcnepal.com/wp-content/uploads/2021/11/6193bbb8a7608_cabinate_karnali.jpeg)
काठमाडौं । कर्णाली प्रदेशका नवनियुक्त मन्त्री चन्द्रबहादुर शाहीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेतासमेत रहेका शाहीलाई मन्त्री नियुक्त गरिएको थियो । मुख्यमन्त्री जीवनबहादुर शाहीले शपथ लिएको दुई साता पछि कर्णालीको मन्त्रीमण्डलमा एक जना मन्त्री थपिएका हुन् ।
उनलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मवारी दिइएको छ । मुख्यमन्त्री शाहीको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले नेकपा (एकिकृत सामाजबादी) का शाहीलाई मंगलबार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरी पद तथा गोपनियताको शपथ खुवाएका छन् ।
मन्त्री शाही मुगु प्रदेशसभा (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । मन्त्रालय भागबन्डा नमिल्दा अझै पनि कर्णालीको मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन् ।
माओवादी केन्द्रले गठबन्धनमा आफ्नो दल ठूलो भएकाले बढी मन्त्री पाउनुपर्ने अडान राख्दै आएको छ । माओवादीले चार मन्त्रालय पाउनुपर्ने दाबी गरेको छ । एकिकृत समाजबादी पार्टीले पनि तीन वटा मन्त्रालय दाबी गरेको छ । कर्णाली प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्सहित आठ वटा मन्त्रालय छन् । सरकारको नेतृत्व लिएको काँग्रेसले मुख्यमन्त्रीसहित तीन मन्त्रालय पाउनुपर्ने अडान राख्दै आएको छ ।
Facebook Comment