नांगाेलाई कुरीकुरी गर्न निर्वस्त्र नहुने कि सर्बोच्चका श्रीमानहरु ?
![नांगाेलाई कुरीकुरी गर्न निर्वस्त्र नहुने कि सर्बोच्चका श्रीमानहरु ?](https://www.dcnepal.com/wp-content/uploads/2021/02/sarbochha.jpg)
काठमाडौं । सर्बोच्च अदालतमा न्यायाधीश नै आन्दोलित छन्, त्यो पनि केहीवाहेक सबै अर्थात १९ जना जम्मा न्यायाधीशमा कम्तिमा १४ जना न्यायाधीश न्यायपालिकाको शुद्धिकरण हुनुपर्ने मागसहित आन्दोलनमा छन्। उनीहरु विगत झण्डै एक महिनादेखि कुनै पनि मुद्दा नहेरी बसेका छन् न्यायपालिका शुद्धिकरणका नाममा।
यसरी आन्दोलन गर्नेमा नेपाली कांग्रेस, नेकपा एमाले र राजनैतिक भागवण्डामा परेर सर्बोच्च अदालतको न्यायाधीश बनेकाहरु छन्। कोही महान्यायाधीबक्त बनेर आफ्नो पार्टीको सरकारको सेवा गरेकाहरु छन् भने कोही दलको केन्द्रीय सदस्यमा पराजित भएर निराश भएको अवस्थामा दलकै नेताको कृपामा न्यायाधीश नियुक्त भएकाहरु छन् भने कोही दलका नेताहरुको कृपामा सर्बोच्च अदालतको न्यायाधीश पद पाएका माननीय न्यायाधीशहरु छन्।
अनि रमाइलो कुरा के छ भने न्यायालय शुद्धिकरणको एजेण्ड दलहरुको हस्तक्षेपमुक्त न्यायालय हो तर आन्दोलनरत न्यायाधीशहरु भने प्राय सबै कुनै न कुनैरुपले तिनै दलहरुबाट सिफारिस भएका व्यक्तिहरु छन्। त्यसैले यदि उहांहरुको आन्दोलन, वेञ्च बहिस्कार न्यायालयको शुद्धिकरण हो भने सबै भन्दा पहिलो अशुद्ध प्रकारले नियुक्त भएको मनन गर्दै आफूले पद त्याग गरेर नेपालको न्याय सेवालाई गुन लगाउनु पर्छ।
एउटा नांगाे व्यक्तिलाई कुरीकुरी गर्न अरु निर्वस्त्र मानिसहरुको झुण्ड लागिरहेको दृश्य अहिले सर्बोच्चमा यहाँहरुको बहिस्कारको आन्दोलनले देखाइरहेको छ। त्यसैले कुरीकुरी हुनबाट जोगिन पदबाट राजीनामा दिई लाज ढाक्ने बस्त्र धारण गरेर प्रधानन्यायाधीश चोलेन्द्रसमशेरप्रति कुरीकुरी गर्नु पो उचित हुन्छ कि? सोच्ने बेला भएन र श्रीमानहरु ?
आन्दोलनकारी न्यायाधीशहरुमध्ये केही शुद्ध पनि हुनु होला तर यो केवल अनुमानको विषयमात्र हो अहिलेका लागि किनकि अधिकांशको नियुक्ति अशुद्ध हिसावले भएको छ केवल संबैधानिक प्रवधानको परिपूर्ति गरेर मात्र। त्यसैले यदि भित्री मनले शुद्ध न्यायालय चाहेको हो र त्यसैका लागि यत्रो लगभग महिनादिन बेञ्च बहिस्कार हो भने आफैंबाट शुद्धिकरण अभियान शुरु गर्न केले रोकेको छ यहाँहरुलाई?
सर्बोच्चका माननीय वाहिस्कारवादी न्यायाधीशज्यूहरुले बहिस्कार के का लागि भनेर जनतालाई हालसम्म कुनै जानकरी दिनु भएको छैन। जनतालाई किन यहाँहरुले बेञ्च बहिस्कार गरेको हो? किन मुद्दा नहेरेको हो ? भन्नेबारे औपचारिक जानकारी छैन
प्रेसले स्रोतका अनुसार भन्दै लेखेको समाचार वा नेपाल बारका आन्दोलनकारी वकिलहरुले हामीलाई सर्बोच्च अदालतमा प्रधानन्यायाधीश र केही न्यायाधीशवाहेक अरु सबै न्यायाधीशको समर्थन छ भनेर भाषण गरेको आधारमा वाहेक अरु सूचना जनताले पाएका छैनन्।
यदि यहाँहरु जनताको मौलिक हकको पक्षमा हो भने यहाँहरुले सार्वजानिकरुपमा विज्ञप्ति जारी गरेर वा बोलेर नेपाली जनतलाई भन्नुपर्याे कि विगत एक महिनादेखि हामी यो कारणले तपाईंहरुका मुद्धा हेरिरहेका छैनौं तपाईंहरुलाई न्याय दिन सकिरहेका छैनौं भविष्यमा अन्याय गर्ने दिन नआओस् भनेर यसो गरेका हौं भनेर तथ्य र प्रमाणसहित बोल्ने आँट यहाँहरुले किन देखाउनु भएको छैन।
प्रचण्ड वा कांग्रेसको टुक्रे कुनै गुटको गोटी नै बन्ने हो भने पनि यो कारणले हामी गोटी बनेका हौं भनेर भनिदिनुपर्ने दायित्व यहाँहरुकै काँधमा छ किनकि यहाँहरु नेपालीको भाग्य वा दुर्भाग्यले सर्बोच्च अदालतको न्यायाधीशजस्तो मार्यादित पदमा आसिन हुनुहुन्छ विगत केहीबर्षदेखि।
के तपाईंहरुले बेञ्च बहिस्कार गरेको किन हो भन्ने तथ्य कुरा जान्ने अधिकार नेपाली जनतालाई छैन ? नैसर्गिक मौलिक हकबारे यहाँहरुलाई मतलव छैन भनेपनि संबैधानिक हक सम्झेर एकपटक बोलिदिनुहोस् न कृपया किन यहाँहरुले बेञ्च बहिस्कार गरिरहनु भएको छ ? माओवादी सम्बद्ध बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ वा नेपाली कांग्रेसको एउटा गुटका पक्षधर महासचिव लिलामणि पौडेलले भनेका भरमा नेपाली जनताले यहांहरुको निश्पक्षता कसरी पत्याउने?
नेपाली कांग्रेसको भातृ संगठन डिएलए र नेकपा एमालेको भातृ संगठनले सार्वजानिक विज्ञप्ति नै प्रकाशित गरेर तपाईंहरुले गुप्तरुपमा बेञ्च बहिस्कार गरेको कुराको विरोध गरिसकेका छन्। यो हेर्दा तपाईंहरु माओवादी नेता प्रचण्ड वा कांग्रेसको कुनै एउटा टुक्रे गुटको हितका लागिमात्र पो वाहिस्कारको आन्दोलन त्यो पनि मुख छोपेर गरिरहनु भएको पो छ कि भन्ने आशंका यतिबेला सर्बत्र व्याप्त भएको छ।
प्रचण्ड वा कांग्रेसको टुक्रे कुनै गुटको गोटी नै बन्ने हो भने पनि यो कारणले हामी गोटी बनेका हौं भनेर भनिदिनुपर्ने दायित्व यहाँहरुकै काँधमा छ किनकि यहाँहरु नेपालीको भाग्य वा दुर्भाग्यले सर्बोच्च अदालतको न्यायाधीशजस्तो मार्यादित पदमा आसिन हुनुहुन्छ विगत केहीबर्षदेखि।
सर्बोच्च अदालतमा मुद्धामा सेटिङ्ग हुन्छ र त्यहीअनुसार फैशला हुन्छ भन्ने कुरा यतिबेला जताततै छताछुल्ल छ। यसो हुँदा त्यो सेटिङ्गको पात्र यहाँहरु पनि हुनुहुन्छ भन्ने कुरामा यहांहरुलाई अझै द्विविधा छ र?
तपाईंहरुले आक्षेप लगाएर सेटिङ्गकर्ता विचौलियाको नाइके वनाइनुभएका प्रधानन्यायाधीश चोलेन्द्रसमेशर राणासँग यहाँहरुमध्ये प्राय सबैले बेञ्च शेयर गर्नु भएको छ र त्यहीअनुसार फैशला पनि गर्नुभएको छ। कि सेटिङ्गमा आफूलाई भाग दिने प्रधानन्यायाधीशमात्र दोषी हो?

भाग खाने आफू आन्दोलनमा सहभागी भएपछि शुद्ध भइन्छ भन्ने कुनै मान्यता छ र ? छ भने प्रष्ट बोलेर नेपाली जनताका अघि भनिदिनुपर्छ अन्यथा यहाँहरुको न्याय दिने कार्यप्रति प्रश्न उठिसेकेको छ र भाग दिएकै आधारमा चोलेन्द्रसमेशरमात्र यसका भागिदार हुन सक्दैनन्, उनीसँगसँगै हिस्सा लिने यहांहरु पनि सजायका भागिदार हुनुपर्छ भन्ने अहिले जवर्जस्तरुपमा उठेको मागलाई सम्बोधन नगर्नु यहाँहरुको पदलोलुपता र शक्ति लिप्सामात्र हो भनेर आरोप लाग्ने निश्चित छ।
एउटा नांगाे व्यक्तिलाई कुरीकुरी गर्न अरु निर्वस्त्र मानिसहरुको झुण्ड लागिरहेको दृश्य अहिले सर्बोच्चमा यहाँहरुको बहिस्कारको आन्दोलनले देखाइरहेको छ। त्यसैले कुरीकुरी हुनबाट जोगिन पदबाट राजीनामा दिई लाज ढाक्ने बस्त्र धारण गरेर प्रधानन्यायाधीश चोलेन्द्रसमशेरप्रति कुरीकुरी गर्नु पो उचित हुन्छ कि? सोच्ने बेला भएन र श्रीमानहरु ?
Facebook Comment