प्रियंकामाथि विवाहमा जनावरको दुरुपयोग गरेको आरोप
विवाहमा धमाकेदार आतिसवाजी पछि सामाजिक संजालमा ट्रोल भइरहेकी प्रियंका यतिबेला अर्को झमेलामा परेकी छिन् । भारतमा जनावरहरुको अधिकारको क्षेत्रमा काम गर्ने संस्था पेटाले प्रियंका र निकको विवाहमा जनावरहरुको प्रयोग गरेको आरोप लगाएको छ ।अभिनेत्री प्रियंका चोपडा र निक जोनसको विवाह भइसकेको छ । भारतको जोधपुरमा रहेको उम्मेद भवन प्यालेसमा डिसेम्बर १ र २ मा क्रिश्चियन र हिन्दु परम्परा अनुसार विवाह भएको हो ।
पेटाले उसको आधिकारिक ट्वीटरमार्फत लेखेको छ ‘प्रिय प्रियंका र निक, विवाहमा प्रयोग गरिने हात्ती र घोडालाई मानिसहरुले प्रयोग गर्न अस्वीकार गरिसकेका छन् । विवाहको शुभकामना ! तर हामीलाई दुःख लागेको छ, किनकी तपाईंहरुको विवाहको दिन तपाईंहरुले जनावरहरुलाई निकै नै दुख दिनुभयो ।’ साथै पेटाले प्रियंका र निकको विवाहमा पटाका पड्काएर गरिएको आतिसबाजीले जनावरहरुको मानसिक सन्तुलनमा असर परेको र जनावरमाथि अत्याचार गरेको आरोप पनि लगाएको छ । निक जोनस विवाहका दिन घोडा चढेर विवाहस्थल पुगेका थिए ।
Facebook Comment