प्रदेशसभाका गतिविधि आमनागरिकको पहुँचमा छः सभामुख श्रेष्ठ
![प्रदेशसभाका गतिविधि आमनागरिकको पहुँचमा छः सभामुख श्रेष्ठ](https://www.dcnepal.com/wp-content/uploads/2021/11/sanu-kumar-shrestha-e1581215840904.jpg)
काठमाडौं ।बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाका गतिविधि आमनागरिकको पहुँचमा रहेको बताएका छन् । प्रदेशसभा सचिवालयमा आज भएको ‘संसदीय खुलापन र पारदर्शितामा असल अभ्यास’ सम्बन्धी अन्तक्र्रियामा सभामुख श्रेष्ठले प्रदेशसभाले पक्षपातरहित काम गरेको दाबी गरे ।
संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) को सहयोगमा जनपत्र मिडियाले अयोजना गरेको कार्यक्रममा श्रेष्ठले प्रदेशसभाले नागरिकको पहुँच बढाउँदै पारदर्शितामा जोड दिएको उल्लेख गरे । उनले संसद् सञ्चालनका क्रममा विगतमा केही कमजोरी भएको भए पनि कमजोरी सुधार गर्दै जाने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा प्रदेशसभाका निमित्त सचिव विनोद अमात्यले प्रदेशसभाले हालसम्म गरेका कानूनका विषयमा जानकारी गराएका थिए । उनले प्रदेशसभाबाट हालसम्म ६२ वटा ऐन पारित तथा संशोधित भएको जानकारी दिए । “प्रदेशमा ८२ वटा कानून निर्माण गर्नुपर्ने पहिचान भएको छ । पहिचान भएर पनि बन्न बाँकी ऐन ४५ वटा रहेका छन्”, उनले भने ।
Facebook Comment