प्रधानन्यायाधीशले तोके नौ इजलासमा २५९ मुद्दा

डिसी नेपाल
२ मंसिर २०७८ ११:०८

काठमाडौं। कानुन व्यवसायीको धर्नाका बीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बिहीबारका लागि नौ इजलास गठन गरेका छन्।

बारले राजीनामा माग्दै धर्ना दिइरहेका बेला जबराले बालुवाटारस्थित निवासबाटै नौवटा इजलासका लागि २५९ मुद्दा सुनुवाइका लागि पेसी तोकेका छन्।

आफूबाहेकका इजलास गठन गरेका जबराले उनीविरुद्ध आन्दोलन सुरु भएयता पहिलो पटक पूर्ण इजलास गठन गरेका छन्।

१० नम्बर इजलासका न्यायाधीशद्वय तेजबहादुर केसी र मनोजकुमार शर्माले भने आफ्ना लागि तोकिएका संयक्त इजलासका लिखत दर्ता बदरका मुद्दा भने सुनुवाइ गर्ने बताइएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *