दीपकराज भन्छन्, ‘अब हलिउड बलिउडसँग प्रतिस्पर्धा गर्न सक्छौं’
काठमाण्डौ । हलिउड र बलिउड जस्ता ठूला मार्केटका फिल्मसँग प्रतिस्पर्धा गरेर पनि नेपाली फिल्मले सफलता प्राप्त गर्नु ठूलो ुअचिभमेन्टु रहेको दीपकरराज गिरीले बताए । उनले भने, ुहलिउडरबलिउडका महंगा फिल्महरु र हाम्रा १र२ करोडका फिल्महरु एउटै पर्दामा लाग्छ, एकैदिन लाग्छ र एउटै रुपैयाँले हेर्न पाइन्छ । हामी यस्तो प्रतिस्पर्धा गरिरहेका छौं ।ु
प्रतिस्पर्धाको बीच पनि हलिउड र बलिउड फिल्मले नेपालमा गरेको व्यापारभन्दा उत्कृष्ट व्यापार ुछक्का पञ्जा ३ु ले गर्नु समग्र चलचित्र क्षेत्रको सफलता रहेको उनले बताए। ुहामीसँग सीमित साधन स्रोत छ । यसकारण नेपाली फिल्मले प्रविधिसँग सक्दैन । तर, कथा, प्रस्तुती र मौलिकतामा अब हलिउड र बलिउड फिल्मसँग प्रतिस्पर्धा गर्न सक्छौुं, दीपकराज भन्छन ।
यस्तै निर्देशक दीपाश्री निरौलाले ुछक्का पञ्जा ३ु ले ५१ औं दिन मनाउनु ठूलो सफलता रहेको बताइन् । उनी पनि फिल्मले हासिल गरेको सफलता टिमको मात्र नभइ नेपाली चलचित्र क्षेत्रकै रहेको बताइन । फिल्मको सफलताको जस उनी दर्शक र मिडियालाई दिन चाहन्छिन् । केदार घिमिरे र जितु नेपालले फिल्मको सफलता हरेक नेपालीको रहेको बताए ।
फिल्मको ५१ औं दिने सक्सेस पार्टीमा बर्षा राउत, निशान भट्टराई, निर्मल शर्मा, बसुन्धरा भुषाललगायत पनि पुगेका थिए । कार्यक्रममा फिल्मकी लिड अभिनेत्री दीपिका प्रसाईं भने देखिइनन् । यस फिल्मले प्रदर्शनको ५१ औ दिनमा देशभरबाट १७ करोड ग्रस विजनेश गरेको वितरकबाट जानकारी प्राप्त छ । गएको घटस्थापनमा फिल्म रिलिज भएको थियो ।
Facebook Comment