मुलुकको विकास र शान्तिको लागि कांग्रेस महाधिवेशन आवश्यकः उपसभापति निधि

डिसी नेपाल
५ मंसिर २०७८ १८:०५

जनकपुरधाम । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले देशको विकास र शान्तिको लागि कांग्रेसको १४औं महाधिवेशन आवश्यक रहेको बताएका छन् ।

नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत आइतबार जनकपुरधाम उपमहानगरपालिकाको नगर अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति निधिले मुलुकको हरेक ऐतिहासिक परिवर्तनमा कांग्रेसको भूमिका महत्त्वपूर्ण रहेको बताए ।

पार्टीको महाधिवेशनलाई सफल बनाउन कार्यकर्तालाई आग्रह गर्दै नेता निधिले भने, ‘आउँदो निर्वाचनमा राम्रो नतिजाको लागि कांग्रेसका नेता तथा कार्यकर्ताले शासक होइन सेवकको रूपमा जनताको काम गर्नुपर्छ ।’

कांग्रेसको अगुवाइमा मुलुकमा संघीयता, गणतन्त्र, समावेशिता, धर्मनिरपेक्षतासहितको संविधान जारी भएको बताउँदै नेता निधिले यसलाई संस्थागत गर्न कांग्रेसलाई बलियो बनाउनु अहिलेको आवश्यकता रहेको बताए । अहिले भइरहेको पालिका तथा प्रदेशसभा क्षेत्रीय निर्वाचनमा सहमतिमा नेतृत्व छनौट गर्नुपर्नेमा नेता निधिले जोड दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *