एमसिसीको विषयमा गठबन्धनले निर्णय गर्छः अर्थमन्त्री शर्मा
![एमसिसीको विषयमा गठबन्धनले निर्णय गर्छः अर्थमन्त्री शर्मा](https://www.dcnepal.com/wp-content/uploads/2021/09/janardan_sharma_1v3EabfwRp.jpg)
चितवन । अर्थमन्त्री जनार्दन शर्माले एमसिसीको विषयमा पाँच दलीय गठबन्धनले निर्णय गर्ने बताएका छन् । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले गठबन्धनको सरकार भएकाले उसैको निर्णयअनुसार चल्ने बताएका हुन् ।
उनले भने, ‘यसबारे गठबन्धनभित्र छलफल भइरहेको छ । सरकारमा पनि छलफल जारी छ ।’ देशको विकास, प्रगति, संविधानको रक्षा र कार्यान्वयनका लागि अहिलेको सरकार बनेको भन्दै उनले हरेक निर्णय गठबन्धनबाटै हुने बताए ।
अर्थमन्त्री शर्माले विदेशी लगानी, विकास निर्माण र कोभिडले थलिएको अर्थतन्त्रलाई चलायमान बनाउन सरकार लागिरहेको छ भने ।
फरक प्रसङ्गमा बोल्दै उनले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि सरकार सकारात्मक रहेको बताए । धुर्मुस–सुन्तली फाउन्डेसनले साहसिक कदम अघि बढाएको भन्दै उनले सरकारले यसमा कसरी सहयोग गर्ने भन्ने विषयमा छलफल भइरहेको बताए ।
उनले भने, ‘थोरै लगानीमा पनि खेल खेलाउन सक्ने स्थितिमा पुगेको बुझेको छु । मैले उहाँहरुलाई निराश नहुनुस् अघि बढ्नुस् भनेको छु ।’
Facebook Comment