एमाले महाधिवेशन : उद्घाटन सत्रको मञ्च दुई तलाको हुने
काठमाडौं। नेकपा एमालेको १०औँ महाधिवेशनको उद्घाटन सत्रको मञ्च दुई तलाको हुने भएको छ।
चितवनको नारायणी नदी किनारमा हुने उद्घाटन सत्रको मञ्च दुई तलाको हुने एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए। उनका अनुसार यस विषयमा गृहमन्त्रालयका सचिवसहित सुरक्षा निकायका प्रमुखसँग छलफल भएको छ।
१०–१२ मंसिरमा चितवनमा हुने महाधिवेशनमा दुई २०० प्रतिनिधिसहित थप पाँच प्रतिशत मनोनीत सहभागी हुने र उनीहरूका लागि तीन हजार ५०० कोठा बुक गरिएको भट्टराईले जानकारी दिए । बन्द सत्रमा ५०० र उद्घाटन सत्रमा पाँच हजार स्वयंसेवक खटिने भएका छन्।
प्रतिक्रिया
Facebook Comment