शुक्रबारबाट फिल्म ‘प्रसाद’ प्रदर्शनमा आउँदै

डिसी नेपाल
१९ मंसिर २०७५ १०:५८

मंसिर २१ शुक्रबारबाट फिल्म ‘प्रसाद’ प्रदर्शनमा आउँदैछ । ‘लै लै’ गीतले फिल्मको लोभलाग्दो हाइप निर्माण गरेको छ । उता विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेतजस्ता गिनेचुनेका कलाकार फिल्ममा छन् । गीतले बनाएको हाइप र चलेका कलाकार भएका कारण फिल्मको इनिसियल बक्सअफिस सुखद हुने अनुमान फिल्मी पण्डितहरुको छ ।

यो फिल्मलाई लभस्टोरी फिल्म बनाउन माहिर मानिने निर्देशक दिनेश राउतले निर्देशन गरेका हुन् । आई एम सरीु, नोभेम्बर रेनु, क्लासिकु, पर्वु लगायतका फिल्म निर्देशन गरिसकेका उनले यसपटक संवेदनशिल विषयमा हात हालेका छन् । ‘प्रसाद’ दर्शकले रुचाउँछन् भन्ने उद्धेश्यले नभइ विचार व्यक्त गर्न निर्माण गरिएको उनको भनाई छ ।

उनी भन्छन्, फिल्मले एउटा विचार बोकेको छ । दर्शकलाई फिल्मको माध्यमबाट एउटा विचार भनुँ भन्ने उद्धेश्य हो । दर्शकले रुचाउनुहुन्छ होला, कमर्सियल रुपमा हिट हुन्छ होला भनेर यो फिल्म बनाएकै होइन । लभस्टोरी फिल्ममा यो कुराले अडियन्सलाई छुनसक्छ भन्ने लाग्थ्यो र मैले त्यही हिसाबले नै काम गर्थें । तर, ‘प्रसाद’ त्यस्तो छैन ।ु

निर्देशक राउत फिल्म बारे थप प्रस्ट्याउँदै भने, ुफिल्मले विचार बोकेको हुनाले यो कुरा दर्शकले रुचाउँछन् भन्ने भन्दा पनि यो कुरा भन्न आवश्यक छ भन्ने हिसाबले काम गरेको छु ।फिल्म पर्वु को बेला लेखक सुशील पौडेलबाट ‘प्रसाद’ को कन्सेप्ट सुनेपछि उनमा उक्त विषयमा फिल्म बनाउने इच्छा पलाएको रहेछन। भन्छन्, मलाई पहिलादेखि नै सामाजिक विषयवस्तुमा फिल्म गर्न मन थियो । त्यो ‘प्रसाद’ बाट पूरा भएको छ ।

अहिले स्टार कलाकार लिएपछि फिल्म सफल हुन्छ भन्ने विश्वास निर्मातारनिर्देशकलाई छ । तर, उनी चलेका कलाकार लिँदैमा फिल्म कमर्सियल रुपमा सफल हुन्छ भन्ने मान्न तयार छैनन् । फिल्मलाई ब्रान्डिङ गर्न मात्र स्टार कलाकारले फाइदा पुग्ने उनको तर्क छ । दर्शकसँग पुर्‍याउन चलेका कलाकार एउटा सजिलो माध्यम चाहिँ हो । तर, फिल्म चल्ने वा नचल्ने भन्ने कुरा फिल्ममा नै निर्भर रहन्छ ।ु

निःसन्तानका कारण पति र पत्निबीचमा आउने असमझदारी, अविश्वास तथा आफैंमा उत्पन्न एक मानसिक द्वन्द्वसँगै सामाजिक मुल्य मान्यता विरुद्धको कथा फिल्म ‘प्रसाद’ ले बोल्छ । सुवाष थापा इन्टरटेनमेन्टको ब्यानरमा बनेको फिल्मलाई राजेश श्रेष्ठले खिच्नेका हुन् । लोकेश बज्रचार्यको सम्पादन रहेको फिल्ममा सुवाष भुषालको संगीत र हिमाल केसीको थ्रिल छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *