कांग्रेस बैतडी सभापतिमा चतुरबहादुर चन्द विजयी

डिसी नेपाल
८ मंसिर २०७८ ६:५१

बैतडी। नेपाली कांग्रेस बैतडी सभापतिमा चतुरबहादुर चन्द विजयी भएका छन् । उनले ८०९ मत प्राप्त गरे । उनका निकटतम् प्रतिस्पर्धी शिवराज भट्टले ४८९ मत मात्रै पाए ।

उपसभापतिबाहेक पदाधिकारीमा अन्य पदमा पनि चन्द प्यानलबाटै विजयी भएका छन् । उपसभापतिमा शिवराज भट्ट प्यानलका वीरबहादुर विष्टबाहेक अरु सबै पदमा चन्द प्यानलका उम्मेदवार विजयी भएका हुन् । विष्टले ६५८ मत प्राप्त गरेर विजय हासिल गरेका छन् ।

अर्को उपसभापतिमा चन्द प्यानलका खगेन्द्रसिंह धामीले ६२४ मत प्राप्त गरेर विजय हासिल गरेका छन् । उपसभापतिमा प्रतिस्पर्धा गरेका चन्द प्यानलका रमेशदत्त पाण्डे ( ६०८) र भट्ट प्यानलका हरिसिंह धामी (५५२) मत ल्याएर पराजित भएका छन् ।

सचिवमा चन्द प्यानलका प्रेमबहादुर चन्दले ६४० र देवराज जोशीले ६३३ विजयी भएका छन् । भट्ट प्यानलका रमेशसिंह भण्डारी ५९५ र कर्णबहादुर बोहरा ५२९ मत ल्याएर पराजित भएका छन् ।

सहसचिवमा पनि चन्द प्यानलका दिपेन्द्रबहादुर चन्द ६६६ र दशरथसिंह चाड ६५४ मत ल्याएर विजयी भएका छन् । भट्ट प्यानलका घनश्याम भट्ट ५३० र रमेश कोली ५७४ मत ल्याएर पराजित भएका छन् ।

बैतडीमा १ हजार ४०९ मत रहेकाेमा १ हजार ३४८ मत खसेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *