भारत प्रवासबाट को-को छानिए एमाले महाधिवेशन प्रतिनिधिमा?

डिसी नेपाल
८ मंसिर २०७८ १२:००

नयाँ दिल्ली। नेकपा (एमाले) को दशौं राष्ट्रिय महाधिवेशनका लागि प्रवासी नेपाली संघ भारतबाट प्रतिनिधि चयन भएका छन्। १० देखि १२ मंसिरमा चितवनमा हुने महाधिवेशनका लागि एमाले भारत प्रवास कमिटीबाट चौध जना प्रतिनिधि छानिएका हुन्।

जसमा खुलातर्फ प्रवासी नेपाली संघ भारतका केन्द्रीय सल्लाहकार प्रमुख हरि घिमिरे, अध्यक्ष लोकनाथ भण्डारी र महासचिव टीका पौडेल छन्। त्यस्तै, महिलातर्फ संघका उपाध्यक्ष सीता अधिकारी र सचीव बालुका बेल्बासे चयन भएका छन्।

केन्द्रबाट पाँच जना र प्रत्येक ९ राज्यबाट एक-एक जना गरी जमा १४ जना प्रतिनिधि सहभागी हुने भएका छ्न्। राज्यका प्रतिनिधिहरु क्रमश: रामचन्द्र भण्डारी कर्नाटक केरल, नारायण होमागाई बंगाल बिहार, रवी घिमिरे हरियाणा, दुर्गा पौडेल तमिलनाडू पन्डेचरी, गिरिराज बेल्बसे महाराष्ट्र गुजरात, बुद्धिराम कुम्भकर उत्तरप्रदेश, छवि भट्टराई पन्जाव हिमान्चल, होमनाथ दाहाल दिल्ली र कृष्ण पाण्डे मध्यप्रदेश रहेका छ्न्।

“पार्टीले केन्द्रबाट मात्रै ५ जना प्रतिनिधि अनुमोदन गरेको थियो। प्रवासी नेपाली संघ भारत कार्यरत प्रत्येक राज्यबाट एक एक जना प्रतिनिधि अनिवार्य सहभागी गराउनु पर्छ भन्ने हाम्रो मागसहित पत्र जारी गर्याैं। संघको लामो संघर्श र बहस पछि मात्रै पार्टीले राज्यका ९ प्रतिनिधिहरुको नाम अनुमोदन गरेको हो,” संघका महासचिव टीका पौडेलले डिसी नेपालसँग भने।

उनले अगािड भने, “संघले सिफारिस गरेका चार प्रतिनिधिहरु मोहन थापा उपाध्यक्ष, डम्बर रावल पुर्व महासचिव, रामायण धमला सचीव र रणवीर कौसल सचिवालय सदस्यहरुको नाम अझै बिचाराधीन छ, संघका सल्लाहकार प्रमुख र अध्यक्षद्वय पार्टी अध्यक्षसँग अन्तिम चरण सम्म पनि छलफल मै हुनुहुन्छ।”

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *