कांग्रेस तेह्रथुमको जिल्ला सभापतिमा तुम्बाहाङ्फे निर्वाचित

डिसी नेपाल
८ मंसिर २०७८ १४:३५

तेह्रथुम। नेपाली कांग्रेस तेह्रथुमको १४औं जिल्ला अधिवेशनबाट जिल्ला सभापतिमा अर्जुन तुम्बाहाङ्फे निवाचित भएका छन्। सभपतिमा तुम्बाहाङ्फेले ४५० मत पाउँदा प्रतिद्वन्द्वी कमल ढुङ्गानाले २३६ प्राप्त गरे। २१४ मत अन्तरले निर्वाचित भएका तुम्बाहाङ्फेको प्यानल नै निर्वाचित भएको छ।

उपसभापतिमा मचिन्द्र लिम्बु र शिवप्रसाद भट्टराई निर्वाचित भएका छन्। सचिवमा विपिन निङ्लेकू र डिल्लीराम नेपाल निर्वाचित भएका छन् भने सहसचिवमा डम्बरबहादुर भट्टराई र विश्वप्रकाश तुम्बाहाङ्फे निर्वाचित भएका छन्। केन्द्रीय महाधिवेशन प्रतिनिधि खुलातर्फ तुलसी सुब्बा, केदार ढुङगाना, गणेश बिमली, सन्तोष सुब्बा, उद्धव तिम्सीना, अर्जुन माबोहाङ, केशब भेटुवाल, बिजय सम्बाहाङ्फे, भिष्म थपलिया र हरी डाँगी निर्वाचित भएका छन्।

त्यस्तै खुला महिला केन्द्रीय महाधिवेशन प्रतिनिधिमा गीतादेबी तिम्सिना गौतम, सनिसा भेटुवाल, सुशीला खड्का कार्की, शारदादेवी कोइराला निर्वाचित भएका छन् । खुला आदिवासी जनजातिबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा कमल सुब्बा, टेकराज तिगेला र रुद्र कन्दङवा निर्वाचित भएका छन्। खसआर्य महिलाबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा तिला पोख्रेल निर्वाचित भएका छिन् भने खसआर्य पुरुष केन्द्रीय महाधिवेशन प्रतिनिधिमा तेजबहादुर कार्की र भिमबहादुर थापा निर्वाचित भएका छन्।

आदिवासी जनजाति महिलाबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा जानुका लिम्बु शेर्पा, बसन्ती गुरुङ र राधा प्रधान निर्वाचित भएका छन् । जिल्लाको कुल ७३३ मतमध्ये ७०६ मत खसेको सहायक निर्वाचन अधिकृत प्रकाश ढुङ्गानाले जानकारी दिए। अधिवेशनमा प्रदेश सभा (क)अन्तर्गत म्याङलुङ नगरपालिकाबाट १७६, लालिगुराँस नगरपालिकाबाट १५१ र छथर गाउँपालिकाबाट ९७ जना गरी चार सय २४ जना क्षेत्रीय प्रतिनिधि छनोट भएका थिए।

प्रदेशसभा (ख) आठराई गाउँपालिकाबाट ११८, फेदाप गाउँपालिकाबाट ८५ र मेन्छ्यायेम गाउँपालिकाबाट १०६ गरी ३०९ जना क्षेत्रीय प्रतिनिधि छनोट भएका थिए । अधिवेशनमा कुल ७३३ जना क्षेत्रीय प्रतिनिधि छनोट भएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *