कांग्रेस अधिवेशनः अछाम १ मा खसेकोभन्दा १८ मत बढी भेटियो
![कांग्रेस अधिवेशनः अछाम १ मा खसेकोभन्दा १८ मत बढी भेटियो](https://www.dcnepal.com/wp-content/uploads/2021/11/Congress-convention-14-nepa-2.jpg.jpg)
अछाम । नेपाली कांग्रेस अछामको दुवै निर्वाचन क्षेत्रमा मंगलबार भएको अधिवेशनअन्तर्गतको चुनावको मतगणना भइरहेको छ ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ मा भने अन्तिम मत परिणाम सार्वजनिक हुने तयारीमा छ । निर्वाचन क्षेत्र नं। १ मा भने खसेको मतभन्दा बढी १८ मत पेटिकामा भेटिएका छन् । ७६४ मतदाता रहेको निर्वाचन क्षेत्रमा ७४७ मत खसेकोमा ७६५ मत पत्र भेटिएका छन् ।
खसेकोभन्दा बढी मतपत्र भेटिएपछि अहिले सरोकारवालाहरू छलफलमा जुटेको निर्वाचन अधिकृत गणेशप्रसाद ढुंगानाले बताए ।
प्रतिक्रिया
Facebook Comment