कांग्रेसले पुच्छर हल्लाउँदा माओवादी र नेकपा (एस) कहाँ पुग्छन् टुंगो छैनः केपी ओली
![कांग्रेसले पुच्छर हल्लाउँदा माओवादी र नेकपा (एस) कहाँ पुग्छन् टुंगो छैनः केपी ओली](https://www.dcnepal.com/wp-content/uploads/2021/11/kp-oli-photo-1.jpg)
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले आफूलाई असहज लागेका बेला माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)लाई पन्छ्याएर अघि बढ्ने दाबी गरेका छन् ।
युवा संघ नेपालको ‘साइबर सर्कल’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नाम उल्लेख नगरी माओवादी केन्द्र र नेकपा (एस) कांग्रेसको पुच्छर भएको टिप्पणी गरे । कांग्रेसले पुच्छर हल्लाउँदा माओवादी केन्द्र र नेकपा (एस) कहाँ पुग्छन् टुंगो नहुने ओलीको भनाइ छ ।
‘कांग्रेसको पुच्छरले एमालेलाई टक्कर दिन खोजेका छन् । कांग्रेसले पुच्छर हल्लाउँदा कहाँ पुग्छन् टुंगो छैन’, ओलीले भने ।
प्रतिक्रिया
Facebook Comment