एमाले महाधिवेशन स्थलमा कास्कीबाट ८९० गाडी प्रस्थान
पोखरा ।नेकपा एमालेको १०औं महाधिवेशनका लागि गण्डकी प्रदेशबाट ठूलो संख्यामा महाधिवेशन प्रतिनिधिसहित नेता कार्यकर्ता चितवन प्रस्थान गरेका छन् । गण्डकी प्रदेशबाट ९० हजार कार्यकर्ता चितवन झार्ने योजना रहेको संयोजक किरण गुरुङले बताए ।
कास्कीका सचिव दामोदर वैरागीका अनुसार कास्कीबाट महाधिवेशनका लागि ८९० वटा गाडी सौराहा प्रस्थान गरेका छन् । २०५ वटा बस, ४५ वटा जिप, माइक्रो र भ्यान, १४० वटा निजी कार तथा पाँच सय वटा मोटरसाइकल सौराहा जानका सूचीकृत गरिएको उनले बताए ।
‘रुपा गाउँपालिकाले १५ वटा गाडी लान्छु भनेको छ । मादी, माछापुच्छ्रे र अन्नपूर्णले पनि सूचि दिएको छ,’ उनले भने, ‘पोखरा महानगरका प्रत्येक वडाबाट पाँच वटा भन्दा बढी गाडी जाँदैछन् ।’ उनको आँकडा अनुसार १३ हजार हाराहारी कास्कीबाट उपस्थित हुने छ । मुस्ताङबाट चार वटा गाडी र मनाङबाट एउटा गाडी महाधिवेशन स्थलतर्फ गएको छ ।
Facebook Comment