उदयपुर क्षेत्र नं.१ र २ मा क्रमशः खगेन्द्र राई र रामकुमार राई विजयी
उदयपुर । नेपाली कांग्रेस उदयपुरमा सम्पन्न भएको १४औँ महाधिवेशनको जिल्ला निर्वाचन र मतगणनापछि जिल्ला क्षेत्रीय सभापतिमा जिल्लाको क्षेत्र नं.१ बाट खगेन्द्र राई र २ बाट रामकुमार राई विजयी भएका छन् ।
क्षेत्र नं.१ मा चौदण्डीगढी नगरपालिकाका प्रमुखसमेत रहेका खगेन्द्र आफ्ना प्रतिद्वन्द्वी बसन्त बस्नेतलाई १० मतको अन्तरले पराजित गरी ३ सय ४४ मतसहित क्षेत्रीय सभातिमा विजयी भएका हुन् ।
सचिवमा सुशील खत्री र सन्तोष कोइराला तथा सहसचिवमा ओमकार कटेल र बेचु चौधरी विजयी भएको कांग्रेसले जनाएको छ ।
त्यस्तै, क्षेत्र नं. २ मा क्षेत्रीय अध्यक्षमा रामकुमार राईले प्रतिद्वन्द्वी रामकुमार खत्रीलाई १५ मतको अन्तरले पराजित गर्दै ३ सय १९ मत प्राप्त गरेको कांग्रेसले बताएको छ । सचिवमा मोहनसिंह ठकुरी र हीराकुमार कार्की विजयी भएका छन् भने सहसचिवमा कदमबहादुर कटवाल विजय भएको कांग्रेसका प्रवक्त मदनराज कटुवालले बताए ।
५० केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित
नेपाली कांग्रेसको १४औँ केन्द्रीय महाधिवेशनका लागि ५० केन्द्रीय प्रतिनिधि निर्वाचित भएका छन् । कांग्रेस उदयपुरका अनुसार जिल्लाको निर्वाचन क्षेत्र नं.१ बाट २५ र क्षेत्र नं. २ बाट २५ सहित कूल ५० केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित भएको जिल्ला पार्टी प्रवक्ता कटुवालले बताए ।
Facebook Comment