एमालेमा कोही पनि विचार समूहमा विभाजित छैनन्, एक छन्ः शंकर पोखरेल
![एमालेमा कोही पनि विचार समूहमा विभाजित छैनन्, एक छन्ः शंकर पोखरेल](https://www.dcnepal.com/wp-content/uploads/2020/04/Chief-Minister-of-Province-5-Shankar-Pokhrel.jpeg)
चितवन ।नेकपा एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेलले एमाले एकताका साथ महाधिवेशनमा होमिएको बताएका छन् ।
दशौं महाधिवेशनको पूर्वसन्ध्यामा पार्टी कार्यकर्ताहरूलाई शुभकामना दिँदै पोख्रेलले भने, ‘पार्टी एकताबद्ध र एकढिक्का छ । यतिबेला नेतृत्वप्रति असहमति प्रदान गर्ने कुरा पार्टी र आन्दोलनको हितमा हुँदैन ।’ विगतका महाधिवेशनमा जस्तो यसपटक कोही पनि समूहगत रूपमा विभाजित नभएको भन्दै पोखरेलले महाधिवेशनले सशक्त र एकताबद्ध एमाले निर्माण हुने बताए ।
‘हामी कुनै विचार समूहमा विभाजित भएका छैनौं । महाधिवेशनबाट सशक्त र एकताबद्ध एमाले निर्माण गर्दैंछौं’, पोखरेलले भने, ‘कार्यकर्ताहरूले दिएको म्यान्डेटअनुसार हामी अगाडि बढेका छौं । कार्यकर्ताहरूको म्यान्डेटविपरीत हामी अगाडि बढ्दैनौँं ।’
प्रतिक्रिया
Facebook Comment