बन्दसत्र हल अगाडि सर्वसम्मतिमा नेतृत्व चयन गर्न दबाब दिँदै नाराबाजी
सौराहा। सौराहास्थित एमालेको १०औं महाधिवेशनको बन्दसत्रस्थल बाहिर सर्वसम्मतिमा नेतृत्व चयन गर्न दबाब दिँदै नाराबाजी सुरु भएको छ। बन्दसत्रस्थल बाहिर ‘केपी ओली, हाइहाई’, ‘सर्वसम्मत हुनै पर्छ’, ‘नेकपा एमाले, जिन्दावाद’ लगायतको नारा लगाइएको छ।
वडा र पालिकास्तरमा नेतृत्व चयनमा सर्वसम्मति गरेको एमालेले केन्द्रीय नेतृत्वमा पनि सर्वसम्मतिबाटै चयन गर्नुपर्ने महाधिवेशनमा सहभागी केही प्रतिनिधिको धारणा छ।
नेताहरूले धमाधम उम्मेदवारी घोषणा गरेकाले महाधिवेशनमा सहभागी हुन आएका कार्यकर्ताले नाराबाजी गरेका हुन्। एमालेले सर्वसम्मत नेतृत्व चयनका लागि शुक्रबार राति विधान संशाेधन गर्दै पदाधिकारी, अायाेग, केन्द्रीय कमिटीकाे संख्या बढाउनुका साथै पाेलिट्व्युराे ब्युँत्याएकाे छ।
प्रतिक्रिया
Facebook Comment