बन्द सत्रमा ओलीले भने: प्रतिकृयावादीको षड्यन्त्रका कारण प्रतिपक्षमा पुगियो
![बन्द सत्रमा ओलीले भने: प्रतिकृयावादीको षड्यन्त्रका कारण प्रतिपक्षमा पुगियो](https://www.dcnepal.com/wp-content/uploads/2021/11/261676708_322472223049217_6842037063652464086_n.jpg)
चितवन । एमाले अध्यक्ष केपी ओलीले प्रतिकृयावादीको षड्यन्त्रका कारण आफ्नो पार्टी प्रतिपक्षमा पुगेको बताएका छन् । १०औं महाधिवेशनको बन्द सत्रमा बोल्दै ओलीले यही कारण देशमा यतिवेला गम्भीर चुनौती खडा भएको बताए ।
राज्य संयन्त्रको अनुचित दुरुपयोग भइरहेको भन्दै उनले स्वतन्त्र न्यायालयको दुरुपयोग भएको बताए । शक्तिपृथकीकरणको सिद्धान्त खलबलिदै गएको भन्दै यो क्रम अघि वढे लोकतन्त्रका लागि खतरा हुने बताए ।
एमाले यस्तो वस्थामा गम्भीर भएर बन्द सत्रमा भेला भएको बताए ।
प्रतिक्रिया
Facebook Comment