कांग्रेस महाधिवेशनः नुवाकोटको सभापतिमा महत विजयी
![कांग्रेस महाधिवेशनः नुवाकोटको सभापतिमा महत विजयी](https://www.dcnepal.com/wp-content/uploads/2021/11/Congress-14-Mahadhibesan-1-e1629962041858.jpg)
काठमाडौं।नेपाली कांग्रेसको आसन्न १०औँ महाधिवेशनअन्तर्गत नुवाकोटको जिल्ला सभापतिका लागि भएको निर्वाचनमा रमेशकुमार महत विजयी भएका छन्। सभापतिसहित सात पदाधिकारीमा महत प्यानल नै विजयी भएको छ ।
सभापतिमा निर्वाचित महतले ८३३ तथा उनका निकटतम प्रतिद्वन्द्वी डा केदारनरसिंह केसीले ८२३ मत प्राप्त गरे । उपसभापतिमा महत प्यानलकै सन्तमान तामाङ र राजु थापा, सचिवमा बैकुण्ठ मिश्र र श्रीराम श्रेष्ठ तथा सहसचिवमा उत्तम पाठक र यादवप्रसाद नेपाल विजयी भएका छन् । शुक्रबार भएको मतदानको आज परिणाम घोषणा भएको हो । जिल्ला सदस्यको मतगणाना भने जारी छ ।
सभापतिमा विजयी महत डा रामशरण महतका भतिजा हुन् भने उनका प्रतिस्पर्धी डा केसी अर्जुननरसिंह केसीका भाइ हुन्।
प्रतिक्रिया
Facebook Comment