बन्दसत्र हल बाहिर बाँडियो भीम रावलको तस्बिरसहितको पुस्तक
![बन्दसत्र हल बाहिर बाँडियो भीम रावलको तस्बिरसहितको पुस्तक](https://www.dcnepal.com/wp-content/uploads/2021/11/261903411_417906583218492_2855926951675427464_n.jpg)
काठमाडौं।एमालेको १०औं महाधिवेशनमा पदाधिकारी वा केन्द्रीय सदस्यका आकांक्षी कसैले पनि पर्चा पम्प्लेट बाँड्न नपाउने गरी आचार संहिता जारी गरिएको थियो । तर, त्यसको बेवास्ता गर्दै बन्दसत्र हल बाहिर भीम रावलको तस्बिरसहितको सानो पुस्तिका वितरण गरिएको छ ।
रावलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । तर, अहिलेसम्म निर्वाचन समितिलाई मतदान प्रक्रियाबारे कुनै जानकारी गराइएको छैन । अध्यक्ष केपी ओली भने सर्वसम्मतिमै एमालेको नयाँ केन्द्रीय कमिटी घोषणा गर्ने तयारीमा छन् ।यही क्रममा महाधिवेशनस्थलमा भीम रावलले अध्यक्षमा उठ्नुपर्ने कारणसहितको पुस्तिका उनी निकट कार्यकर्ताले महाधिवेशन प्रतिनिधिलाई वितरण गरेका हुन् ।
प्रतिक्रिया
Facebook Comment