कांग्रेस अधिवेशनः बागलुङ जिल्ला सभापतिमा ५१ प्रतिशत मत नआएपछि पुनः मतदान
काठमाडौं। नेपाली कांग्रेस बागलुङको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा सहभागी कुनै पनि उम्मेदवारले स्पष्ट बहुमत प्राप्त नगरेपछि पुनः मतदान सुरु भएको छ ।कांग्रेसको विधान २०१७ ९संशोधनसहित० १२ ९५० सभापति पदको निर्वाचनमा विजयी हुन खसेको मतको ५१ प्रतिशत मत ल्याउनुपर्नेछ प्रावधान छ ।
निर्वाचनमा सहभागी जगदीशचन्द्र उपध्याय, जीत शेरचन र द्रोण कुँवर पहिलो चरणको निर्वाचनमा सहभागी भएका थिए । मुख्य निर्वाचन अधिकृत विष्णुुप्रसाद शर्माका अनुसार उपाध्यायले सात सय ९०, शेरचनले ६ सय ८६ र कुँवरले एक सय ६४ मत प्राप्त गरेका छन्। शनिबार सम्पन्न पहिलो चरणको निर्वाचनमा कुल एक हजार ६ सय ८५ मत खसेको थियो ।
विधानअनुसार सभापति पदको पहिलो चरणको निर्वाचनमा कसैले पनि पचास प्रतिशतभन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुईजना उम्मेदवार बीचमा पुनः मतदान गरी बढी मत ल्याउने उम्मेदवार विजयी हुनेछ । तर, पहिलोपटक नै दुई जना मात्र उम्मेदवार भएमा, बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ । तीन जना उम्मेदवार भएको हुँदा पुनः मतदान गर्नुपरेको मुख्य निर्वाचन अधिकृत शर्माको भनाइ छ ।
दोस्रो चरणको निर्वाचनमा सभापतिको उम्मेदवाार द्रोण कुँवरले सभापतिका अर्का उम्मेदवार जित शेरचनलाई सहयोग गर्ने घोषणा गरेका छन् । सभापतिका उम्मेदवार उपाध्याय कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, शेरचन पार्टी सभपति शेरबहादुर देउवा र कुँवर पनि देउवा निकट हुन् ।
अन्य पदाधिकारीको भने मतदान सम्पन्न भएको छ । आइतबार सभापतिका लागि मतदान भएपछि मात्रै अन्य मतगणना सुरु हुनेछ । अधिवेशनमा उपसभापतिमा उपाध्यायको समूहबाट नारायण शर्मा र तारानाथ पौडेल, शेरचन समूहबाट खिमानन्द पौडेल र सागर छन्त्याल तथा स्वतन्त्र रूपमा महेन्द्र आचार्य र पूर्णबहादुर पौडेल निर्वाचनमा सहभागी भएका छन् । सचिवका लागि उपाध्याय समूहबाट हरिहर शर्मा र कृष्ण केसी, शेरचन समूहबाट चिरन्जिवी गौतम र गण्डकी थापा निर्वाचनमा सहभागी छन् ।
Facebook Comment