सुदूरपश्चिममा नौ जना कोरोनाबाट मुक्त
काठमाडौँ ।सुदूरपश्चिम प्रदेशमा आज थप दुई जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट ४६५ जनाको नमूना परीक्षण गरिएको थियो ।
स्वास्थ्य निर्देशनालयका अनुसार महाकाली अस्पतालमा दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा प्रदेशभर नौ जना कोरोनाबाट मुक्त भएका छन् । उक्त अवधिमा प्रदेशमा सङ्क्रमणका कारण कोहीको पनि मृत्यु भएको छैन् ।
यसअघि शनिबार प्रदेशमा चार जनामा कोरोना सङ्क्रमण पुष्टि हुँदा आठ जना निको भएका थिए । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म १०९ जनाको ज्यान गइसकेको छ ।
प्रतिक्रिया
Facebook Comment