बन्दसत्र सञ्चालनको तयारी हुँदै गर्दा हलबाहिर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन
चितवन । एमालेको दशौ महाधिवेशनको दोस्रो दिनको बन्दसत्र सञ्चालनको तयारी हुँदै गर्दा हलबाहिर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। विहान १० बजे सुरु हुने भनिएको बन्दसत्र केन्द्रीय नेतृत्वमा सहमति खोज्न दिनभर सुरु नभएपछि अहिले आठ बजेबाट शुरु हुने भनिए पनि केही ढिलो गरी शुरु हुने बन्दसत्रको सुरक्षार्थ सुरक्षाकर्मी खटिएका हुन्।
प्रतिनिधिहरु बन्दसत्र सञ्चालन हुने हलमा भेला हुन थालेपछि बाहिर सुरक्षा सतर्कता बढाइएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका एसपी आफै सम्मेलन स्थलमा खटिएका थिए। अहिले उनी आफै बन्द सत्रको हल निरिक्षणमा पुगेका थिए।
एक प्रतिनीधिका अनुसार मुलगेटमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ। सशस्त्र प्रहरी र नेपाल प्रहरीका कर्मचारीहरु खटिएका छन्। चितवनका एसपी ओम अधिकारीले रातिको समय भएकाले सुरक्षाकर्मीहरु बढाउनु परेको बताए ।
Facebook Comment