सहमति नभएका पदमा भोलि ९ बजेदेखि मतदान, मतदाता नामावली टाँसियो
चितवन । नेकपा एमालेले सहमति नजुटेका पदमा आन्तरिक प्रतिस्पर्धा गराउने भन्दै निर्वाचन तालिका र मतदाता नामावली सार्वजनिक गरेको छ ।
बन्द सत्र सुरू गर्नु अघि भएको अध्यक्ष मण्डलको बैठकमा सहमति नभए पछि सहमति नजुटेका पदमा मात्रै प्रतिस्पर्धा गराउने उद्देश्यले निर्वाचन आयोगले सूचना टाँस गरेको हो ।
अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीसहित ३ सय १ नाममा मुख्यतः भीम रावल र घनश्याम भुसालले असहमति जनाएपछि निर्वाचनको माहोलतर्फ एमाले महाधिवेशन अघि बढेको हो ।
प्रतिक्रिया
Facebook Comment