अध्यक्षमा मनोनयन पत्र दाखिला गर्छु, ध्वनि मत स्वीकार्य छैनः भीम रावल
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा. भीमबहादुर रावलले दशौं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेर मनोनयनका लागि आह्वान गरेका बेला सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष रावलले केही बेरमा अध्यक्षमा मनोनयन पत्र दाखिला गर्ने बताए ।
अध्यक्षमा लड्नका लागि यसअघि पनि राजनीति निर्णय गरिसकेको उनले जानकारी गराए । उनले आफूसँग कसैले सहमतिबारे केही कुरा नगरेको उनले स्पष्ट पारे ।
रावलले ध्वनि मत, हाते मत आफूलाई स्वीकार्य नहुने चेतावनी दिए । ‘गोप्य निष्पक्ष र मतदान हुनुपर्छ । दबाब र प्रभावबाट मुक्त भएर मतदान हुनुपर्छ,’ उनले भने ।
प्रतिक्रिया
Facebook Comment