ओलीले बन्दसत्रमा पेस गरे ३०१ केन्द्रीय सदस्यको नामावली

डिसी नेपाल
१३ मंसिर २०७८ १:१०

सौराहा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दशौं राष्ट्रिय महाधिवेशनको नयाँ केन्द्रीय समिति सर्वसम्मत बनाउन नामावली प्रस्तुत गरेका छन् ।

सौराहमा जारी बन्दसत्रमा ओलीले अबेर राति ३०१ जना केन्द्रीय सदस्यको नामावली प्रस्तुत गरेका हुन् ।

बन्दसत्रमा उपस्थित प्रतिनिधिकाअनुसार अध्यक्ष ओलीले महिला, मधेसी, जनजाति, दलित सबै कलस्टर मिलाएर सर्वसम्मत नेतृत्वका लागि केन्द्रीय सदस्यको नामावली प्रस्तुत गरेका हुन् ।’अध्यक्ष ओलीले ३०१ जनाको नाम पढेर सुनाउनुभयो । कसैले विरोध गरेको छैन,’ एक प्रतिनिधिले भने ।

नामावलीमा छुटेका पुराना साथीलाई सल्लाहकारमा समेटिने अध्यक्ष ओलीले प्रतिबद्धता जनाएका थिए ।

पहिलो दिनको बन्दसत्रले ओलीलाई पदाधिकारी र केन्द्रीय समितिमा सर्वसम्मत गर्न नामावली छनोट गरेर प्रस्तुत गर्ने अधिकार दिएको थियो ।

यता केन्द्रीय निर्वाचन समितिले निर्वाचन कार्यतालिका घोषणा गरिसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *