यस्तो छ दर्ता हुन नसकेको भीम रावलको मनोनयन पत्र, प्रस्तावक र समर्थक को ?
![यस्तो छ दर्ता हुन नसकेको भीम रावलको मनोनयन पत्र, प्रस्तावक र समर्थक को ?](https://www.dcnepal.com/wp-content/uploads/2021/11/261337730_267663865408722_471841319001866675_n.jpg.jpg)
सौराहा । नेकपा एमालेका उपाध्यक्ष डा। भीम रावलले दशौं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी मनोनयन दर्ताको तयारी पूरा गरेका छन् ।
यद्यपि केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कार्यतालिका स्थगन तथा संशोधन गर्दा रावलको मनोनयन दर्ता हुन सकेन ।
यद्यपि रावलले आफ्नो दाबीसहित भरिसकेको मनोनयन पत्र सार्वजनिक भएको छ । पत्रमा केन्द्रीय कमिटीको अध्यक्षका लागि विधान बमोजिम योग्यता पुगेको उल्लेख छ ।
रावलको उम्मेदवारीको प्रस्तावकमा महादेव बजगाइँ र समर्थन दुधकला विष्टले गरेका छन् । एमालेका दुबै कार्यकर्ता सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्छन् ।
रावलको मनोनयन पत्र केन्द्रीय निर्वाचन आयोगले दर्ता गरेर प्रमाणित गर्नेछ ।
प्रतिक्रिया
Facebook Comment