एमाले महाधिवेशनः उपाध्यक्षमा घनश्याम भुसालको उम्मेदवारी

डिसी नेपाल
१३ मंसिर २०७८ ९:१४

चितवन । नेपाल कम्युनिष्ट पार्टी(एमाले) उपमहासचिव घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । भुसालले सोमबार बिहान उम्मेदवारी दर्ता गराएका हुन् ।

अध्यक्ष केपी शर्मा ओलीले आइतबार राति आफ्नो नेतृत्वमा नयाँ पदाधिकारीको नाम घोषणा गरेका थिए । उक्त सूचीमा भीम रावल र भुसालको नाम थिएन ।

उपाध्यक्ष भीम रावलले पनि यसअघि आजै(सोमबार) अध्यक्षमा उम्मेदवारी दिइसकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *